पर्वत : आठौँ संबिधान दिवस–२०७९, को अवसर पारेर जलजला गाउँपालिकाको आयोजनामा विद्यार्थीहरुको लागि वक्तृत्वकला र विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएका छन्।
युवा, खेलकुद तथा शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिकाभित्रका आधारभूत र माध्यमिक विद्यालहरुलाई सहभागी बनाइएको थियो। “समृद्ध राष्ट्र निर्माणमा शिक्षक, अभिभावक र विद्यार्थी भुमिका” शीर्षकमा प्रतियोगिताको आयोजना गरिएको हो। प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न विद्यालयका २४ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए।
माध्यामिक तहतर्फको प्रतियोगितामा अमृत आदर्श प्याराडाइ एकेडेमीकी गरिमा बि.क प्रथम, जनकल्याण मावि नाग्लिवाङका सुवास आचार्य द्धितिय, शालिजा माध्यमिक विद्यालय शालिजाकी अमृता चोचाङ्गी तृतिय र कृष्ण भवन माध्यमिक विद्यालय धाईरिङकी आरती आचार्य सान्त्वना भएका छन्। यस्तै आधारभुत तहतर्फ शान्ति आधारभुत विद्यालय भोटेडाँडाकी ममता सुवेदी प्रथम, सोही विद्यालयकी सृष्टि सुवेदी द्धितिय, कृष्ण भवन माध्यमिक विद्यालय धाइरिङका कबिराज आचार्य तृतिय तथा शान्ति आधारभुत विद्यालय भोटेडाँडाका विदुर आचार्य सान्त्वना भएका छन्।
सोही अवसरमा राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा गाउँपालिकाबाट सामुदायिक र संस्थागत विद्यालयबाट उत्कृष्ट नजिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान पनि गरिएको छ। जसमा प्रथम भएका अमृत आदर्श प्याराडाइ एकेडेमीका माधव खत्री र जनकल्याण माध्यमिक विद्यालय नाग्लीवाङका नरेश रेग्मी, दोस्रो भएका विद्याज्योती माध्यमिक विद्यालयका सन्दिप नेपाली द्धितिय तथा सोही विद्यालयकी आयुस्मा परियार माध्यमिक विद्यालयकी एलिना सुवेदी र ग्रामप्रकाश तृतिय भएका छन्। उनीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र सहित सम्मान गरिएको हो।
यस्तै, गत २०७८ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका जनकल्याण माध्यमिक विद्यालय नाग्लीवाङ, अमृत आदर्श प्यारज एकेडेमी, बिद्या ज्योती माध्यमिक विद्यालय र ग्रामप्रकाश माध्यमिक विद्यालय लेखाफाटलाई पनि सोही कार्यक्रममा सम्मान गरिएको छ। कार्यक्रममा कक्षा १२ को परीक्षामा सामुदायिक विद्यालयहरुकध्येबाट पर्वत जिल्लाभरमा उत्कृष्ट नतिजा ल्याएका बिद्याज्योती माध्यमिक विद्यालयका सन्दीप दमाइलाई नगद १५ हजार सहित सम्मान गरिएको छ।
जलजला : संबिधान दिवसमा वक्तृत्वकलादेखि विद्यार्थीलाई सम्मानसम्म
अशोज ४, २०७९




