बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

बाजुङमा एक लाख राशीको पुरुष भलिबल प्रतियोगिता हुँदै

अशोज ६, २०७९

पर्वत : पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा रहेको मोदी यूवा सञ्जाल (बाजुङ शाखा) को आयोजनामा यस वर्ष पनि विजया दशमीको अवसरमा खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
विगतदेखि नै हरेक वर्षमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको शाखाले यस वर्ष ‘युवाहरुलाई खेलकुद तर्फ आकर्षण गराँ,ै स्वस्थ र समुन्नत समाजको निर्माण गरौँ ।’ भन्ने मूल नाराका साथमा बिबिध खेलकुद एवं साँस्कृतिक कार्यक्रम–२०७९ को आयोजना गरेको हो ।
कार्यक्रममा जिल्ला खुल्ला वडा स्तरीय पुरूष भलिवल प्रतियोगिता, प्रौढ भलिवल प्रतियोगिता, घैँटो फोर्ने प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, पोलमा भाले प्रतियोगिता, महिलाका लागि डोरी तान्ने प्रतियोगिता, ठेलो फाल्ने प्रतियोगिता, आर्म रेस्लिङ लगायतका विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको सचिब चन्द्रप्रकाश पौडेल (सुमन) ले बताए ।
साँस्कृतिक तथा खेलकुदका सबै कार्यक्रमहरु स्थानीय महेन्द्र शिखरी माध्यमिक विद्यालयको यही असोजको १३ गतेबाट सुरु हुने छन् । प्रतियोगितामा भाग लिन चहाने समूहले कार्यक्रम सुरु हुने अघिल्लो दिन असोज १२ गतेभित्रमा समूह दर्ता गरिसक्नुपर्ने आयोजकले बताएको छ ।
प्रतियोगितामा पुरुष भलिबलका लागि प्रथम, द्धितिय र तृतिय हुने समूहलाई क्रमशः एक लाख एक हजार, ५१ हजार र २५ हजार रुपैयाँ नगद सिहत शिल्ड मेडल र प्रमाणपत्र, ४० वर्ष उमेर माथिको प्रौढ भलिवलका प्रथम र द्धितिय क्रमशः २५ र १५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र तोकिएको छ । यस्तै आर्म रेस्लिङको बिजेता बन्ने खेलाडीलाई २५ हजार रुपैयाँ पुरस्कार दिइने सचिव पौडेलले बताए । भलिबलतर्फका बेस्ट स्पाईकर, बेस्ट प्लेयर, बेस्ट लिब्रो र अनुशासित खेलाडीलाई पनि पुरस्कार व्यवस्था गरिएको अध्यक्ष दिपेन्द्र हमालले बताए ।
साँस्कृतिक कार्यक्रमहरुतर्फ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती सहितका कार्यक्रमहरु राखिएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive