मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

गुप्तेश्वर बहुमुखी क्याम्पसमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अशोज ६, २०७९

पर्वत : नजिकै आएका बडा दसैँ तथा दीपावलीको अवसर पारेर गुप्तेश्वर बहुमुखी क्याम्पस कुश्मामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
क्याम्पसमा गठित नेपाल विद्यार्थी संघ ईका कार्यसमितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कुश्मा नगरपालिकाकी निवर्तमान उपप्रमुख तथा नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसम्पादन सदस्य सिता काफ्ले लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। शुभकामना मन्त्ब्य राख्दै उनले नेपाल सांस्कृतिक रुपमा धनी राष्ट्र रहेको बताउँदै तीनको रक्षा र निरन्तरतामा यूवा बर्गले विशेष चासो दिनुपर्ने बताईन। नेपालमा मनाईने सांस्कृतिक पर्वहरु विश्वका अरु देशको तुलनामा निकै मौलिक र सबै नेपालीलाई एउटै सूत्रमा बाँध्ने खालका राहेकाले नेपालका धर्म र संस्कृतिको रक्षामा सबैले ध्यान दिनुपर्ने बताईन्।
शुभकामना व्यक्त गर्दै क्याम्पु प्रमुख सुभास पन्तले धर्म, संस्कृति, परम्पराले सामाजिक संस्कारको विकास गर्ने भएकाले यसमा बाह्य र विकृतिपूर्ण तरिकाहरु मिसिन नहुने तर्क राखे। चाडपर्वहरुले सबैमा सामाजिक एकताको भावनामा विकास गर्ने भएकाले सहौर्दपूर्ण रुपमा चाडबाड मनाउन सबैमा अनुरोध गरे।
कार्यक्रममा नेपाल विद्यार्थी संघ कुश्मा नगरपालिकाका सभापति अजय पोखरेल, फलेवास नगरपालिकाका सभापति सतिश रेग्मी, नेपाल विद्यार्थी संघमा सक्रिय रहेका मनोज पुरी, त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी प्रध्यापक संघ गुप्तेश्वर बहुमुखी क्याम्पसका इकाई सभापति रमेश शर्मा, लगायतले पनि शुभकामना मन्तब्य व्यक्त गरेका थिए। कार्यक्रममा लोक तथा दोहरी कलाकारहरु आर.सी. पौडेल (रामचन्द्र) र सूदीप क्षेत्रीले दसैँ तिहारको शुभकामना सहितका सांगितिक प्रस्तुतीहरु पनि राखेका थिए।
नेपाल विद्यार्थी संघ गुप्तेश्वर क्याम्पसका सभापति सरस्वती कार्की (सरु) को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव आशिष पौडेलले गरेका थिए।

 

 

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive