शुक्र, माघ ९, २०८२
Fri, January 23, 2026

दसैँमा घर जाने सकल दर्जालाई नेपाली सेनाको हवाई र जमिनी सेवा, १५ सय पुगे गन्तव्यमा

अशोज ५, २०७९

संजय रेग्मी
पर्वत : नेपाली सेनाले बडा दसैँमा बिदा जाने नेपाली सेनाका बहालवाला सकल दर्जा तथा तिनका आश्रित परिवारका करिब १५ सय जनालाई हवाई तथा जमिनी सेवा उपलब्ध गराएको छ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डा, काठमाण्डौंका अनुसार २०७९ सालको बडा दसैँलाई लक्षित गर्दै नेपाली सेनाले विभिन्न कल्याणकारी सेवा–सुविधा अन्तर्गत सहुलियतको यातायात सुविधा प्रदान गर्ने उद्देश्यले जमिनी एवं हवाई मुभ सञ्चालन गरेको हो। गत भदौ २९ असोज १८ गतेसम्म बहालवाला सकल दर्जा तथा आश्रित परिवारहरूलाई आ–आफ्नो गन्तव्य स्थलसम्म पु¥याउने गरी सेनाले यातायात सेवा उपलब्ध गराएको हो।
सडक सञ्जालको सहज पहुँच पुगेका स्थानहरूमा जमिनी बाटोबाट र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी÷हिमाली क्षेत्रहरूमा हवाई उडान सञ्चालन गर्ने योजना अनुरूप हालसम्म हवाई उडानमार्फत एक सय ३४ जना सकल दर्जा एवं आश्रित परिवार लाभान्वित भएका छन्। जमिनी मुभ अर्थात् सडक सवारी सेवा भने मङ्गलवारदेखि सञ्चालनमा ल्याइएको हो। जमिनी सेवामार्फत झन्डै साढे १३ सय जना गरी कुल १४ सय ५० जनालाई गन्तव्यमा पठाइएको पनि जनसम्पर्क तथा सूचना निर्देशनालयले बताएको छ।
प्रधान सेनापति प्रभुराम शर्माले पद बहाली गर्दाका बखत सकल दर्जालाई सम्बोधन गर्ने क्रममा यो कार्यक्रम उल्लेख गरे अनुसार कल्याणकारी सेवा–सुविधाहरू अन्तर्गत यस वर्षको बडा दसैँको बिदामा जानेहरू धेरैलाई उनीहरूको गन्तव्यमा पु¥याउने योजना रहेको पनि निर्देशनालय बताउँछ। बुधवार मात्रै काठमाडौँ–धनगढी–काठमाडौँ, काठमाडौँ–स्याङबोचे–काठमाडौँ र काठमाडौँ–जोमसोम क्षेत्रमा हवाई सेवामार्फत र काठमाडौँ–पोखरा रुटमा सेनाकै बसमार्फत यातायात सेवा प्रदान गरिएको नेपाली सेनाले बताएको छ।

 

 

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive