बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

खुर्कोटमा दशैं बिषेश मेला सुरु, नगरप्रमुख जोशीद्धारा उद्घाटन

अशोज ११, २०७९

पर्वत : पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटमा दशैँ मेला, खेलकूद प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रम शुरु भएको छ ।
चार दिन सम्म चल्ने कार्यक्रमको आयोजना नेपाल तरुण दल वडा कार्यसमिति खुर्कोटले आयोजना गरेको हो । नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री एवं कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले कार्यक्रमको उद्घाटन गर्नुभयो । उहाँले यूवा परिवर्तनको संवाहक रहेको बताउँदै यूवाले बनाउने हरेक योजनालाई नगरले संधै सहयोग र प्रोत्साहन गर्ने प्रतिबद्धता जनाउनुभयो । अहिले यूवाहरु रोजगारीको अभावमा गाउँ छोडेर बिदेश र बजारक्षेत्र धाउनुपर्ने बाध्यता आइरहेको भन्दै नगरप्रमुख जोशीले यूवालाई गाउँमै रोजगारी र आम्दानीका अवसर सृजना गर्न राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।
खेलकुद, सांस्कृतिक कार्यक्रम र मेला महोत्सव गाउँको पहिचान दिलाउने माध्यम रहेकाले यिनीहरुको जगेर्ना गर्न जोशीले आग्रह गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका कार्यसम्पादन समितिका सदस्य सीता काफ्ले लामिछानेले रचनात्मक काम गरेर यूवाले अरुलाई प्रेरण दिनुपर्ने र खराव कृयाकलापको अन्त्य गर्न भूमिका खेल्ने विश्वास दिलाउनुभयो । यूवाहरु जोस र जाँगरले भरिएको जनशक्ति रहेको हुनाले नयाँ र नविनतम् कामको थालनी गर्न पनि उहाँले अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सदस्य कालीभक्त शर्मा, वडा सभापति तिर्थप्रसाद शर्मा, जिल्ला कार्यसमिति सदस्य शान्ती शर्मा कुमाल, पूर्व वडाध्यक्ष यदुनाथ शर्मा बास्तोला, सहित तरुण यूवा एवं स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो । तरुण दल खुर्कोटका अध्यक्ष सूर्य पौडेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सन्तोष पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा पुरुष भलिवल प्रतियोगिता, नृत्य प्रतियोगिता, स्लो रेस, छेलो फाल्ने, लठो तान्ने र घैँटो फुटाउने प्रतियोगिता समाबेश छन् । स्थानीय संस्कृतिको प्रचार, यूवाहरुको क्षमता विकास तथा मनोरञ्जनका लागि कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive