शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026

पर्वतमा राती ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

कार्तिक ७, २०७९

पर्वत : जिल्ला प्रशासन कार्यालय पर्वतले रातीको ९ बजेपछि देउसी भैलो नखेल्न सम्बन्धित सबैमा अनुरोध गरेको छ।
जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी, भैलो, नाचगान जस्ता कार्यहरू राती ९ बजेभित्र मात्र शान्तिपूर्वक सञ्चालन गर्न प्रशासनले अनुरोध गरेको हो। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले कसैको चाहना र इच्छा विरुद्धका क्रियाकलाप गर्ने र समाजमा अशोभनीय कार्य गर्ने परिपाटीलाई नियन्त्रण गरी स्वतन्त्र र खुसीयालीपूर्वक पर्व मनाउन तथा शान्ति सुरक्षाको अवस्थालाई सामान्य अवस्थामा राख्नको लागि ९ बजेसम्म मात्र देउसी भैलो खेल्न अनुरोध गरिएको बताए।
पटका, आतसबाजी, झिरझिरे, भुईँचम्पा जस्ता विस्फोटजन्य पदार्थको नगर्न तथा त्यस्ता पदार्थहरूको निकासी, ओसारपसार र बिक्री वितरण नगर्न, मादक पदार्थको सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा कतै पनि झैझगडा नगर्न, भिडभाडजन्य गतिविधि गरी समाजमा अशान्ति एवं अशोभनीय क्रियाकलाप गर्न र गराउन नहुने पनि जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
यस्तै देउसी भैलो कार्यक्रम सञ्चालन गर्दा सार्वजनिक यातायात र सार्वजनिक जीवनलाई असर नपर्ने गरी मर्यादित एवं अनुशासित रूपमा सञ्चालन गर्न गराउन भनिएको छ। प्रशासनले भनेका सूचनाको अवज्ञा गरी कुनै गतिविधि तथा क्रियाकलाप गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी पनि प्रशासनले दिएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive