मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

बिभिन्न संस्थाका कामलाई एकत्रित गर्न ‘मिलन ग्रुप आफ नेपाल’ को सुरुवात

कार्तिक ७, २०७९

पर्वत : सामाज सेवामा सक्रिय रहेका विभिन्न संस्थाहरुको कामलाई एकत्रित गर्ने गरी ‘मिलन ग्रुप अफ नेपाल’ संस्था सुरुवात भएको छ।
पर्वतको मोदी गाउँपालिका–५ बाजुङको फलाल्ने घर भइ हाल हङकङमा रहँदै आएका समाजसेवी दुर्गा घोताने गुरुङ ‘मिलन’ को अपनत्व तथा सहयोगमा खोलिएका संस्थाहरुको कामलाई एकत्रित गर्न लागिएको हो। गुरुङद्धारा स्थापना गरिएका अधिकांश संस्थाहरुमा ‘मिलन’ नाम जोडिएको छ भने केहीमा ‘मिलन’ नराखेरै पनि स्थापना गरिएका छन्। यी दुवै प्रकारको संस्थाहरुको कामलाई एउटै लयबाट सञ्चालन गर्नको लागि ‘मिलन ग्रुप अफ नेपाल’ को अवधारणामा गएर सोही अनुसार लक्ष्मी पूजाको दिनको अवसर पारेर काम गर्न सुरु गरिएको ग्रुपका संयोजक दुर्गा घोताने गुरुङ ‘मिलन’ ले बताए।
‘मिलन नाम जोडिएका र नजोडिएका दर्जन बढी संस्थाहरुले शिक्षा, स्वास्थ्य, मनोरञ्जन, विकास, धर्म तथा संस्कृतिको संरक्षण लगायतका क्षेत्रमा सक्रिय रुपमा सामाजिक सेवा गर्दै आइरहेका छन्,’ उनले भने, ‘अब सबै संस्थाहरुको छाता संस्थाको रुपमा मिलन ग्रुप अफ नेपालले काम गर्छ। समाज सेवाको काममा एक रुपता पनि हुन्छ।’ तर यसको अर्थ सबै संस्थाहरुको काम ‘मिलन ग्रुप अफ नेपाल’ ले मात्रै गर्छ भन्ने अर्थ नरहेको उनको भनाई छ। छाता संगठनभित्र रहेका संस्थाहरुको आफ्नै तरिकाले काम गरे पनि ती कामहरुको संरक्षकत्वको काम ‘ग्रुप’ ले गर्ने उनले बताए।
सोमबारदेखि काम सुरु गरेको ‘मिलन ग्रुप अफ नेपाल’ को भातृ संस्थाको रुपमा मिलन फाउण्डेसन नेपाल, मिलन पुस्तकालय पाल्पा, मिलन डि.जि. इन्टरनेशनल, अन्तोदय मिलन तेक्वान्दो डोजाङ पर्सा चितवन, मिलन ट्रष्ट, मिलन वल्र्ड न्यूज, मिलन बहुउद्धेश्यीय महिला कृषक समूह बाजुङ पर्वत, मिलन प्रगतिशिल महिला कृषक समूह फलाल्ने बाजुङ पर्वत, तमुस्यो रिच्हमी परिवार पोखरा कास्की, मिलनशील दलित कृषक समूह वाजुङ पर्वत, आयुक कृषि अर्गानिक फार्म खोलाखेत बाजुङ, नर बहादुर गुरुङ स्मृति अक्षयकोष महेन्द्रशिखरी माध्यमिक विद्यालय सानोपाखा बाजुङ, बाजुङ स्वास्थ्य अक्षयकोष, मिलन किवी फार्म बाजुङ लगायतका संस्था रहने छन्। यी सबै संस्थारुको सम्रग नेतृत्वको काम ‘मिलन ग्रुप अफ नेपाल’ ले गर्ने छ।
‘मिलन ग्रुप अफ नेपाल’ को संरक्षकमा साबित्री कुमारी गुरुङ रहेकी छिन भने सचिव र कोषाध्यक्षको दुवै जिम्मेवारी भिक्रम गुरुङ (बिक्रम) ले गर्ने भएका छन्।

 

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive