शनिबार, चैत्र १, २०८१
Saturday, March 15, 2025

जितेपछि प्रत्येक घरघरमा पुगेर गरेको बाचा पुरा गर्ने जोशीको प्रतिबद्धता

पर्वतबाट प्रतिनिधीसभाका लागि गठबन्धनको तर्फका साझा उम्मेदवार अर्जुनप्रसाद जोशीले जनताको मनमुटुमा बस्ने गरि काम गर्ने बताउनुभएको छ ।

असम्भव सपनाका पोका बाँडेर आफुले जनतालाई नझुक्काउने जोशीले बताउनुभयो । चुनाव जितेपछि प्रत्येक घरघरमा पुगेर गरेको बाचा पुरा गर्ने जोशीले प्रतिबद्धता व्यक्त गर्नुभयो । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीका रुग्दी, पुर्कोट, मैदान र पोखराचौरमा घरदैलो संगै भएको कोणसभामा बोल्दै जोशीले जनताको आँखामा छारो हालेर चुनाव जित्ने र चुनाव जितेपछि फर्किएर गाउँमा नजानेहरुलाई चिन्न पनि जोशीले आग्रह गर्नुभयो । आफुले पर्वतमा २०७० साल भन्दा अगाडी नै हरेक गाउँमा कच्चि सडक पुराएको, खानेपानी, विद्युत सेवा विस्तारमा भूमिका खेलेको जोशीले स्मरण गर्नुभयो । पूर्वाधारको विकास संगै सामाजिक तथा आर्थिक विकास पनि हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

रेल, पानीजहाज, घरघरमा ग्याँसको पाईप जस्ता सपना बाँडेर एमालेले वहुमत ल्याएपनि त्यो दिगो हुन नसकेर सरकार नै ढलेको जोशीले दाबी गर्नुभयो । कार्यक्रममा प्रदेशसभा ‘ख’ का साझा उम्मेदवार ऋषिकेश तिवारीले गाउँमा पूर्वाधारको विकास संगै आर्थिक विकास गर्ने एजेण्डा लिएर चुनावी मैदानमा रहेको बताउनुभयो । पर्वतका सबै गाउँ कुनै न कुनै संभावना भएको गाउँ रहेको चर्चा गर्दै तिवारीले संभावनाको पहिचान गरेर त्यहि अनुसारका योजना बनाउने बताउनुभयो । आफुले अहिलेसम्म समाजसेवा र राजनीतिमा धेरै अनुभव बटुल्दै आएको र त्यसलाई व्यवहारमा उतार्न उम्मेदवार बनेको तिवारीले बताउनुभयो । मुलुक गठबन्धनले बचाउने र विकासका कामहरु धमाधम अगाडी बढाउने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा एकिकृत समाजबादीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष मोतीप्रसाद पौडेल, संविधानसभाका सदस्य गुणाखर बस्याल, काँग्रेस नेता राजेन्द्र तिवारी, नेकपा माओबादीका नेता प्रेमवहादुर राना, नेकपा एकिकृत समाजबादीका प्रदेश सदस्य बैकुण्ठ भुसाल, पर्वत जिल्ला सचिव विराज हमाल,नेपाली काँग्रेस फलेवास नगर समिति सभापति हिरामणी सापकोटा, नेकपा एकिकृत समाजबादीका फलेवास नगर अध्यक्ष कृष्णप्रसाद लम्साल, नेकपा माओबादी फलेवास नगर उपाध्यक्ष कमल भुसाल, काँग्रेस नेता टिकाराम गौँडेल, एकिकृत समाजबादी शंकरपोखरीका अध्यक्ष नारायण भुसाल, जिल्ला सदस्य खेम सुनार, नेपाल भूपू सैनिक संघका जिल्ला अध्यक्ष खड्कबहादुर कार्कि, अनेमसंघका धनकुमारी सुबेदी लगायतले बोल्नुभएको थियो । कार्यक्रम चुनावप्रचारप्रसार समिति शंकरपोखरीका संयोजक गिरीजाप्रसाद तिवारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस फलेवास ३ का सचिव शिवप्रसाद तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive