मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

पर्वतका उम्मेदवारलाई निर्वाचनको खर्च विवरण बुझाउन आह्वान

मंसिर १३, २०७९

पर्वत : जिल्ला निर्वाचन कार्यालय पर्वतले गत मङ्सिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका सबैलाई खर्चको विवरण बुझाउन आह्वान गरेको छ ।

प्रतिनिधि सभा सदस्य ऐन, २०७४ को दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश÷जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र उम्मेदवारले गरेको निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने व्यवस्था रहेको छ । पर्वतमा मङ्सिर ८ गते चुनावको अन्तिम परिणाम घोषणा भएकोले त्यसको ३५ दिनभित्र खर्च विवरण बुझाउन आह्वान गरिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले बताए ।

खर्च विवरण बुझाउँदा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–४० बमोजिमको ढाँचामा खर्चको बिल भरपाई सहित बझाउनुपर्ने भनिएको छ । यदि कसैले तोकिएको समयमा विवरण नबुझाएमा ती उम्मेदवारहरूलाई कानुन अनुसारको कारबाही गरिने पनि शर्माले बताए ।

निर्वाचन खर्चको विवरण पेस गर्दा तोकिएको हद बमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषयको खर्चको विवरण बुझाउनु पर्ने छ । उम्मेदवारले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैङ्क खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नाम समेत उल्लेख गरी पेस गर्नुपर्ने भनिएको छ ।

निर्वाचन कार्यालयले निर्वाचन प्रचारप्रसारको लागि कोण सभा वा आम सभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवार आफै वा आफ्नो प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको मितिले १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्न पनि उम्मेदवारहरूलाई अनुरोध गरेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive