सोम, फाल्गुन १८, २०८२
Mon, March 2, 2026

प्रदेश सभामा निर्वाचित कुँवरलाई महेन्द्र शिखरी मा.वि.द्धारा बधाई ज्ञापन

मंसिर १३, २०७९

पर्वत : जिल्लाको मोदी गाउँपालिका–५ बाजुङमा रहेको महेन्द्र शिखरी माध्यमिक विद्यालयको आयोजनामा प्रदेश सभा सदस्य पदमा निर्वाचित भक्तबहादुर कुँवरलाई बधाई ज्ञापन कार्यक्रम सम्पन्न भएको छ।
विजयी कुँवर मोदी गाउँपालिकाकै भएकाले विद्यालयकोतर्फबाट एक कार्यक्रमको आयोजना गरी बधाई तथा पाँच बर्षे कार्यकालका लागि सफलताको शुभकामना व्यक्त गरिएको विद्यालयले बताएको छ। निर्वाचित कुँवर सोही विद्यालयको विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष सकेत हुन्।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै बोलेकाहरुले गाउँपालिकामा रहेका विद्यालयको विकासको लागि प्रदेशबाट निभाउने भूमिकामा कुनै पनि कमी हुन नदिन अनुरोध गरेका छन्। विद्यालयको विकास र शैक्षिक गुणस्तरबाट मात्रै देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति तयार हुने भएकाले शैक्षिक क्षेत्रमा बिशेष ध्यान उनीहरुले अनुरोध गरेका छन् ।
त्यस अवसरमा बोल्दै प्रदेश सभा सदस्य कुँवरले आफूले जनताकासामु राखेका प्रतिबद्धताहरु पूरा गर्न लागिपर्ने बताएका छन्। नेपालमा शैक्षिक बेरोजगारीको समस्या बढ्दै गएकोप्रति चिन्ता ब्यक्त गर्दै उनले आफूले सकेसम्मको प्रयास प्रदेशमा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
शिक्षक अभिभावक संघका अध्यक्ष बीरबहादुर किसानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले) मोदी गाउँपालिकाका अध्यक्ष तेजबहादुर क्षेत्री, गण्डकी प्रदेश कमिटिका सल्लाहकार सदस्य ताराखर अधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, शिक्षक अभिभावक संघका पदाधिकारी तथा सदस्य, शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो।
शिक्षक कृष्णराज सुवेदीको स्गागतसँगै सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक लक्ष्मण शर्माले गरेका थिए। निर्वाचित कुँवरलाई विद्यालयका प्रधानाध्यापक याम पौडेल लगायतले खादा र माला सहित सम्मान गरेका थिए।

 

 

 

 

 

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive