शनि, असार ७, २०८२
Sat, June 21, 2025

आकाशबाट यस्तो देखियो बादलुको सागर (फोटो फिचर)

मंसिर २५, २०७९

संजय रेग्मी
पर्वत : समुन्द्रको सागरमा पानी जसरी शान्तसँग निदाएको हुन्छ पृथ्वीबाट आकाशतिर हेर्दा यदाकदा त्यस्तै देखिन्छ। पृथ्वीको सतहमा बसेर आकाशतर्फ हेर्दा बादल जसरी लम्पसार परेको हुन्छ त्यो भन्दा आनन्ददायक दृश्य आकाशबाट पृथ्वीको सतहमा नियाल्दा हुन्छ।
समुन्द्रमा पानी आनन्दसँग निदाएको जस्तै आकाशमा बादल पनि आनन्दसँग निदाएको भान हुन्छ। नेपालको राजधानी काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई यात्रा सुरु गरेदेखि दक्षिण सुडानको आकाशमा पुग्दासम्म बादलको विस्तारलाई फरक फरक तरिकाको देख्न सकिन्थ्यो। कोही रुखको आकारमा बसेका त कोही आकाश माथिको पनि अर्को आकाश जस्तै।
भारत, जिबुटी, इथियोपिया र दक्षिण सुडानको आकाशमा उडिरहँदा देखिएका बादलका दृश्यलाई नियालेर हेर्दा कतै जनावरको आकृति बन्थ्यो त कतै हिमाल जस्तै अनि कतै मानवको मुखाकृति जस्तै। दृश्यमा जसरी घुस्न सक्यो उस्तै चित्र बनाइदिन्छ हाम्रो मस्तिष्क।

नेपाल, भारत, जिबुटी, इथियोपिया र दक्षिण सुडानको आकाशमा उड्दै गर्दा जमिनको सतहभन्दा केही माथिदेखि ४० हजार फिटसम्मको उचाइबाट कैद गरिएका केही तस्बिरहरू ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive