शनि, जेष्ठ ११, २०८२
Sat, May 24, 2025

समाजसेवी दुर्गा गुरुङ “मिलन”को ५६ औं जन्मदिनमा दुई सहयोग र एक सम्मान

मंसिर १७, २०७९

समाजसेवी दुर्गा गुरुङ “मिलन”को ५६ औं जन्मदिनमा दुई सहयोग र एक सम्मान पोखरा, २ मंसिर समाजसेवी दुर्गा गुरुङ “मिलन”ले आफ्नो ५६ औं जन्मदिनको अवसर पारेर एक व्यक्तिगत र एक संस्था गरेर दुई सहयोग तथा एक सम्मान गर्नुभएको छ ।

समाजसेवी गुरुङले स्थापना गर्नुभएको मिलन ग्रुप अफ नेपालले आयोजना गरेको जन्मदिन विशेष कार्यक्रमका अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशको कलाकार कल्याणकारी कोषका लागि १ लाख ५० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरिएको हो । सो अवसरमा समाजसेवी गुरुङकी धर्मपत्नी एवं मिलन फाउण्डेशन नेपालकी अध्यक्ष गंगा गुरुङले सो रकम प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो ।

त्यसैगरी, समाजसेवी गुरुङले चर्चित लोक तथा दोहोरी गायिका दुर्गा गुरुङलाई समेत एकल साँझ सफलतापूर्वक सम्पन्न गरेको भन्दै हौसलास्वरुप ५० हजार रुपैयाँ नगदसहित सम्मान गर्नुभएको छ । त्यस्तै, उहाँले मिलन डी.जी. इन्टरनेशनल प्रालिमा लामो समयसम्म कार्यालय सचिवका रुपमा कार्यरत रही योगदान पु¥याएको र मिलन ग्रुप अफ नेपालको लोगो डिजाइन गरी योगदान दिएको भन्दै यानी गुरुङलाई समेत सम्मान गर्नुभएको छ । हाल दक्षिण कोरियामा कार्यरत रहेकी यानी गुरुङका श्रीमान् बुद्धिजंग गुरुङलाई १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । समाजसेवी गुरुङको जन्मदिनका अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै मिलन फाउण्डेशन नेपालकी अध्यक्ष गंगा गुरुङले उपस्थित सबैलाई धन्यवाद दिनुभयो । साथै, उहाँले मिलन ग्रुप अफ नेपालसँग आबद्ध संस्थाहरूले गरेका हरेक कार्यमा सबैको निरन्तर साथ, सहयोग मिल्ने विश्वास व्यक्त समेत गर्नुभयो ।

कार्यक्रममा गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)का अध्यक्ष गुञ्जबहादुर गुरुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङ, मनखुशी फाउण्डेशन, गण्डकी प्रदेशकी अध्यक्ष काशी गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका इञ्चार्ज एमबी आस्था मगर, नेपाल पत्रकार महासंघ, कास्की शाखाका कार्यसमिति सदस्य गीता रानामगरलगायतको उपस्थिति रहेको थियो ।

मिलन फाउण्डेशन नेपालकी अध्यक्ष गंगा गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)का महासचिव लब्सन गुरुङ र मिलन फाउण्डेशन नेपालकी उपाध्यक्ष देवी गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । समाजसेवी गुरुङले आफ्नो नेतृत्व र पहलमा स्थापना भएका विभिन्न संघसंस्थालाई आबद्ध गरेर हालै मात्र मिलन ग्रुप अफ नेपालको स्थापना गर्नुभएको छ । जसमा मिलन फाउण्डेशन नेपाल, मिलन डी.जी. इन्टरनेशनल प्रालि, मिलन ट्रष्ट, मिलन पुस्तकालयलगायतका संघसंस्था आबद्ध रहेका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive