मङ्लबार, अशोज १५, २०८१
Tuesday, October 1, 2024

पर्वतमा मोतियाविन्दुका निःशुल्क शल्यक्रिया शिविर राखिने

पर्वत : लायन्स क्लब अफ पर्वत भूमेकोटको आयोजनामा पर्वतमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविर राखिने भएको छ ।
हिमालय आँखा अस्पताल पोखरा, पर्वत अस्पताल कुश् र लायन्स आँखा उपचार केन्द्र कुश्माको प्राबिधिक सहयोगमा जिल्लाका बिभिन्न स्थानमा ९ वटा शिविर सञ्चालन गर्न लागिएको हो । आयोजक लायन्स क्लब अफ पर्वत भूमेकोटका अध्यक्ष ज्ञानेन्द्र जोशीका अनुसार मङ्सिर १६ गते खुर्कोट, ततरकोट र सिँधाली क्षेत्रलाई लक्षित गरेर खुर्कोट स्वास्थ्य चौकीमा, दुर्लुङ क्षेत्रलाई लक्षित गरेर दुर्लुङ स्वास्थ्य चौकीमा, शिल्मी क्षेत्रलाई लक्षित गरेर पकुवा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्न लागिएको छ ।
यस्तै मङ्सिर १७ गते चुवा क्षेत्रका बासिन्दालाई ध्यानमा राखेर चुवा स्वास्थ्य चौकीमा, कुटुवाचौपारी र पिपलटारीका बासिन्दाको लागि पिपलटारी स्वास्थ्य चौकीमा तथा ठूलीपोखरी, खौला, कार्कीनेटछा र थापाठानाका बासिन्दालाई लक्षित गरेर टूलीपोखरी स्वास्थ्य चौकीमा शिविर राखिएको छ । मङ्सिर १८ गते कुश्मा, मुडिकुवा, अमलाचौर, नारायणस्थान र कुश्मीशेरालाई ध्यानमा राखेर पर्वत अस्पतालमा, आर्थर क्षेत्रको लागि आर्थर स्वास्थ्य चौकीमा, खानीगाउँ, देवीस्थान, शंकरपोखरी, कुर्घा र लिमिठानालाई लक्षित गरेर फलेवासमा रहेको खानीगाउँ स्वास्थ्य चौकीमा शिविरको आयोजना गरिएको क्लबले बताएको छ । मङ्सिर २५ गते पर्वत अस्पतालमा अन्तिम शिविर बस्ने छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive