शनि, माघ १०, २०८२
Sat, January 24, 2026

हिँसा अन्त्य गर्न फलेवासका २२ स्थानमा सडक नाटक प्रदर्शन

पुस ३, २०७९

‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा बिरुद्धको अभियान’ भन्ने राष्ट्रिय नाराका साथ मनाइएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा फलेवास नगरपालिकाका २२ स्थानमा सडक नाटक प्रदर्शन गरिएको छ ।

गत मङ्सिर ९ गतेदेखि २४ गतेसम्म सञ्चालित अभियानका क्रममा नगरपालिकाका ११ वटा उच्चतम विद्यालयहरु तथा विद्यालयबाट पायक पर्ने नजिकको बस्ती क्षेत्रमा जनचेतनामुलक सडक नाटक प्रदर्शन गरी अभियान सम्पन्न भएको हो ।

अभियानमा सहयोग पु¥याउने विद्यालयहरुलाई सम्मानस्वरुप प्रशंसापत्र बितरण गरि उक्त अभियानको समिक्षा सहित समापन भएको छ । नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको वार्षिक कार्यक्रम अनुरुप आयोजना गरिएका कार्यक्रमहरुमा नगरप्रमुख गंगाधर तिवारी, उपप्रमुख शोभा कुमारी क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल, नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का अध्यक्ष अच्यूत तिवारी, शिक्षा शाखा प्रमुख कृष्ण आचार्य, जनप्रतिनिधि लगायत शाखाका कर्मचारीहरुको समेत सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमको समीक्षाका अवसरमा नगरप्रमुख तिवारीले सहभागी विद्यालयहरुलाई सम्मानपत्र बितरण गर्नुभएको छ ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive