मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026

घर कता ? चिने झैँ लायो, खै यता फर्क त

पुस १२, २०७९

पर्वत : ‘भिर्नी झोलामा’, ‘मोदीको पानी’, ‘अगेनीमा दाउरा’, ‘भाडा तिरम्ला’ लगायतका सफल गीतहरु पस्किएका लोक तथा दोहोरी गायक कृष्ण अखेलीको ‘घर कता’ गीत सार्वजनिक भएको छ।
‘भिर्नी झोलामा’ जस्तै ‘डान्सीङ नम्बर’ का रुपमा बजारमा आएको गीत गाउँघरमा सुन्न सकिने मौलिक शब्द र मौलिक लयमा आधारित देखिएको छ। तर गीतमा प्रयोग भएको म्यूजिक र आवाजका कारण गीत युटुवमा सार्वजनिक हुनु पहिले नै ‘टीकटकर’ हरुको रोजाईमा परेको छ। पछिल्लो समय ‘टिकटकर’ लाई छुन सकिने गीत निर्माण हुने क्रम बढीरहेको बेला ‘घर कता’ पनि ‘टिकटकर’ का लागि राम्रो खजाना बनेको छ।
शिव अखेलीको शब्द र लय रहेको गीतमा कृष्ण अखेली र नवीना सुवेदीले स्वर भरेका छन्। कृष्ण अखेलीकै युटव च्यानलबाट सार्वजनिक गरिएको गीतको म्यूजिक भिडियोमा अहिले रोजाईमा परेका कलाकारहरु लोमश शर्मा र अस्मिता रणपालको नृत्य रहेको छ।
म्यूजिक भिडियोको निर्देशन कुमार के.सी ले गरेका छन भने नृत्य निर्देशन प्रशान्त मगरको रहेको छ। म्यूजिक भिडियो अजय रेग्मीले खिचेका हुन्।

हेर्नुहोस भिडियो

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive