मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

रविलाई गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा आत्मदाहको प्रयास

माघ १९, २०७९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृह मन्त्री बनाउन माग गर्दै जुम्लामा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्।

बाँके कोहलपुर घर भई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सवारी चालकका रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन्।

‘रवि लामिछानेलाई गृहमन्त्री बनाउनुपर्‍यो भनेर हाम्रो जिल्ला प्रशासन कार्यालयको गेटमै आएर शरीरमा पेट्रोल छर्किएर आगो लगाउन खोजेका रहेछन्।’ प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले भने, ‘गेटमा तैनाथ सुरक्षाकर्मीले तत्काल उद्धार गरेकाले क्षति हुन पाएन।’

प्रजिअ केशरीका अनुसार कार्कीले जिउमा पेट्रोल छर्किएर लाइटर बाल्न खोज्दा प्रहरीले तत्काल उनलाई नियन्त्रणमा लिएको थियो।

कार्कीलाई उनी कार्यरत रहेको प्रतिष्ठानका प्रशासन प्रमुखको जिम्मा लगाइएको प्रजिअ केशरीले बताए।

thahakhabar.com

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive