पर्वत : पर्वतको बिहादी गाउपालिकाद्वारा आयोजित प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
ईमिचौर खेलमैदान रानिपानीमा गत माघ १८ गतेदेखि प्रतियोगिता सुरु भएको थियो। प्रतियोगितामा बिहादी गाउँपालिकाका १५ वटा बिधालयले विभिन्न २८ वटा बिधामा भाग लिएका थिए ।
रनिङ शिल्डको बिजेता भने नेपाल तारा माध्यमिक विद्यालय रानीपानी बनेको छ । उसले १० स्वर्ण पदक सहित रजत र कास्य पदक हात पार्दै प्रथम बनेको हो । यस्तै सात स्वर्ण पदक पाउँदै बाच्छाको जनकल्याण माध्यमि विद्यालय दोस्रो बन्दा छ स्वर्ण सहित वहाकी माध्यमिक विद्यालय वहाकी तेस्रो बनेको छ । प्रतियोगितामा स्वर्ण सहितका अन्य पदकहरु अन्य विद्यालयहरुले पनि प्राप्त गरेका छन् ।
गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाले प्रतियोगितालाई सफल बनाउन सकारात्मक सहयोग गरेका सम्पूर्ण शिक्षक, विद्यार्थी, सृजना युवा कल्ब भाटिचौर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बिहादी गाउपालिका परिवार लगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ ।
बिहादी : प्रथम राष्ट्रपति रनिङ शिल्ड बिजेता बन्यो नेपाल तारा
