नेपाली काङ्ग्रेस कुश्मा नगरपालिका-३, दुर्लुङ द्वारा पार्टीका क्रियाशिल सदस्य स्वर्गीय नारायण प्रसाद गुरुङको निधन भएको १५ औं दिनको पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
पुर्व संघीय सांसद तथा नेपाली काङ्ग्रेस पर्वतका पुर्व पार्टी सभापति लालकाजी गुरुङले समाजमा असल र सामाजिक ब्यक्तित्वको रुपमा काम गर्दै आउनुभएका गुरुङको निधनले सिंगो पार्टीपङ्तीलाई दुखी बनाएको बताएका थिए । श्रद्धाञ्जली सभामा पुर्व जिबिस सभापति इक्ष बहादुर गुरुङ, परिवारको तर्फबाट स्वर्गीय गुरुङका छोरा प्रीतम गुरुङ, वार्ड अध्यक्ष तेज प्रसाद पाध्या लगायतले समवेदना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाली काङ्ग्रेस कुश्मा नगरपालिका-३, दुर्लुङ का पार्टी सभापति लेख बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत उपसभापति कमलराज पौडेल र संचालन सहसचिव रामशरण पोख्रेलले गरेका थिए ।