आइतवार, अशोज २०, २०८१
Sunday, October 6, 2024

गुप्तेश्वरमा भएको हाजिरीजवाफमा नारायण मा.वि. प्रथम

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसको आयोजनामा भएको हाजिरीजवाफ प्रतियोगितामा नारायण माध्यमिक विद्यालय प्रथम भएको छ ।
क्याम्पसको ३० औं वार्षिकोत्सवको अवसरमा जिल्लाभित्रका माध्यमिक विद्यालयहरुबिच आयोजना गरिएको प्रतियोगितामा सहभागी भएका अन्य ११ वटा माध्यमिक विद्यालयहरुलाई पछाडि पार्दै नारायण मा.वि. पहिलो बनेको हो । नारायण मा.वि.बाट गौरब लामिछाने, आशिष लामिछाने र अनिषा पौडेलले प्रतिस्पर्धामा भाग लिएका थिए ।
प्र्रतियोगितामा कुश्माकै कालीगण्डकी एकेडेमी दोस्रो र आदर्श अङ्ग्रेजी आवासिय मा.वि. तेस्रो भएका छन् । भाग लिएका अन्य विद्यालयहरुमा हिमालय मा.वि खुर्कोट, माटेदेवल प्राबिधिक विद्यालय मुडिकुवा, गुरुकुल एकेडेमी कुश्मा, शहिद स्मारक अङ्ग्रेजी आवासिय मा.वि. कुश्मा, सरस्वती माध्यमिक विद्यालय पातीचौर, सार्वजनिक मा.वि कटुवाचौपारी, सूर्यप्रकाश मा.वि दुर्लुङ र नमूना अङ्ग्रेजी आवासिय मा.वि. कुश्मा रहेका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive