बुधबार, चैत्र १२, २०८१
Wednesday, March 26, 2025

युवा क्लवहरु सामाजिक रुपमा वढिभन्दा वढि सक्रिय हुनुपर्छ : प्रजिअ बराल

निर्मल पौडेल

पर्वत : पर्वतका प्रमुख जिल्ला अधिकारी चित्राङ्गत वरालले युवा क्लवहरु सामाजिक रुपमा वढि भन्दा वढि सक्रिय हुनुपर्ने वताएका छन् ।

आईतवार वारियर युवा क्लव कुस्माले मोदीवेनी दिव्यधाममा आयोजना गरेको खाद्दन्न वितरण कार्यक्रममा वोल्दै वरालले यस्तो वताएका हुन । युवाहरु कुलतमा फँस्दै जाने प्रवृत्ति वढिरहेका वेला वारियर युवा क्लवले गरेको खाध्यन्न वितरण कार्यक्रम सह्रानिय भएको भन्दै दिन दुखी ,वृद्दा, असाहय र अशक्त हरुलाई गरिने यस्ता सहयोग भन्दा अर्को पुण्यको काम हुन नसक्ने वताए । वरालले मोदिवेनी धाममा रहेका वृद्धा र अशक्त आमाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै धाममा रहेका र मानसिक रोग लागेका अशक्तहरुको उपचारको लागि आँफुले पहल गर्ने समेत वताए ।

सके कसैलाई सहयोग गरौँ नसके कसैलाई मन वचन र कर्मले दुख दिने काम नगरौँ भन्दै प्रजिअ वरालले मानव सेवा नै ठुलो धर्म हुनेमा जोड दिँदै युवाहरु सदैव अन्याय र अत्याचारको विरुद्धमा लाग्नुपर्ने वताए । वरालले सामाजिक रुपमा सक्रिय यस्ता क्लवहरुप्रति आँफु सदैव सकारात्मक हुने भन्दै सक्दो सहयोग गर्ने समेत वताए ।

कार्यक्रममा मोदीवेनी नृसिंह दिव्यधाम संरक्षण समितीका अध्यक्ष केशवदास वैरागीले मोदिवेनी दिव्यधाम आर्यघाट, देवघाट पछीको तेस्रो ठुलो धाम भएको भन्दै धार्मिक पौराणिक तथा एतिहासिक रुपमा यस धामको निकै महत्व रहेको वताए । कार्यक्रममा कुस्मा नगरपालिका वार्ड नम्वर १३ का अध्यक्ष तेज प्रसाद चापागाईँले क्लव प्रति स्थानिय सरकार र सरोकारवाला निकायले उचित प्राथामिकता दिनुपर्ने वताए ।

यस्तै प्रेस सेन्टर पर्वतका अध्यक्ष निर्मल पौडेलले परिवर्तनका सम्वाहक युवाहरु हुने भन्दै क्लवहरुमा लागेर यस्ता सहयोगका कार्यहरु गर्दै अगाडी वढ्न र क्लवहरुले समाजमा सकृय भुमिका खेल्दै समाज रुपान्तरणमा अग्रसर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमको समापन गर्दै वारियर युवा क्लवका अध्यक्ष मनोज पुरीले आगामी दिनमा पनि कुस्मा वारियर क्लवले साँस्कृतिक खेलकुद वृक्षारोपण,खाद्दन्न वितरण कार्यक्रम लगायतका विविध सामाजिक कार्यहरु गर्दै जाने वताए । मोदीवेनी नृसिंह दिव्यधामका उपाध्यक्ष खुमराज पराजुली लगायतले वोलेको कार्यक्रममा सामाजिक युवा वुद्ध पौडेल, अनेरास्ववियु फलेवास नगर अध्यक्ष सौगात गिरी, क्लवका सदस्य वुद्ध केसी,कोशिस कार्की, लगायतको उपस्थिती रहेको थियो ।

कुस्मा वारियार क्लवका अध्यक्ष मनोज पुरीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी चित्राङ्गत वरालको प्रमुख आथित्यतामा सम्पन्न कार्यकममा स्वागत क्लवका सचिव अभिषेक घिमिरे,किर्तन गिरी र कार्यक्रमको सञ्चालन हिमाल केसीले गरेका थिए । कार्यक्रमका लागि रु ७ हजार वरावरको खाद्दन्न गौडेल स्टोर्स वडागाउँले सौजन्य गरेका थियो । जहाँ दुख्छ त्यहाँ वारियर पुग्छ भन्ने मुख्य नाराका साथ २०७२ सालमा स्थापना भएर छोटो समयमै धेरै सामाजिक कार्यहरु गर्दै आएको छ ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive