मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

कुश्माबाट खुर्कोट जाँदै गरेको भ्यान दुर्घटनामा परी चालकको मृत्यु

फाल्गुन १, २०७९

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–२ खुर्कोट लाम्पाटामा भएको भ्यान दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार दुर्घटनामा सोही भ्यानका चालक खुर्कोटकै ४० वर्षीय बालकृष्ण पौडेल पाध्याको मृत्यु भएको हो।
आइतबार साँझ सदरमुकाम कुश्मा बजारबाट खुर्कोटका लागि गएको इकु भ्यान मध्यपहाडी लोकमार्ग पोखरा–बागलुङ सडक खण्डको घुम्तीबाट खुर्कोटतर्फ लागेको थियो। घुम्तीबाट केही माथि रहेको कालोपत्रे भित्री सडकको ढलान गरिएको भागको उकालो सडकबाट करिब ५० मिटर तल खसेको थियो।
प्रहरीले उद्धार गरी उपचारको लागि पर्वत अस्पतालमा लगेकोमा उपचारकै क्रममा आइतबार राती साढे आठ बजे उनको चालक पाध्याको मृत्यु भएको हो।
दुर्घटनामा परी सामान्य घाइते भएका २१ वर्षिया मनीषा दर्जी र ३३ वर्षिया सलिना बि.क पर्वत अस्पतालमा नै सामान्य उपचार गरेपछि डिस्चार्ज भइसकेका छन्।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive