मङ्ल, फाल्गुन २६, २०८२
Tue, March 10, 2026

मोदी : नवज्योति थमद्धारा राष्ट्रपति रनिङ शिल्ड बहिष्कार

फाल्गुन १, २०७९

पर्वत : पर्वतको मोदी गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएको एक विद्यालय बाहिरीएको छ ।
मोदी गाउँपालिका–१ भूकताङ्लेको नवज्योती थम माध्यमिक विद्यालयले दौड प्रतियोगिता नियमसङ्गत रुपमा नभएको दावी गर्दै प्रतियोगिताबाट बाहिरिएको हो । विद्यालयकी प्रधानाध्यापक मिना कुमारी गुरुङका अनुसार दौड प्रतियोगितामा देखिएको अव्यवस्थित तरीका, पूरा नगरिएका नियम तथा ‘हेलो इफेक्ट’ को लक्षण देखिएकाले विद्यालयले प्रतियोगिता बहिष्कार गरेको हो ।
गत माघ २७ गतेदेखि सुरु भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत २७ र २८ गते सम्पन्न भएका केही विधाहरुमा सक्रिय सहभागिता जनाउँदा उत्कृष्ट नतिजा प्राप्त गरिरहेको भए पनि आयोजकको लापरबाहीका कारण आफूहरुलाई पछाडि पारिएको विद्यालयको फेसबुक पेजमा समेत लेखिएको छ । छात्रा दौडमा एक सय र दुई सय मिटर बिधामा प्रथम भएका बिद्यार्थीहरुलाई ट्रयाक परिवर्तन गरेको आरोपमा खेलबाट निकालिएदिएको तथा उस्तै प्रकृतिको गल्ती भएको अर्को विद्यालयका खेलाडीलाई भने मान्यता दिएपछि आफूहरुले खेल बहिष्कार गरेको विद्यालयले बताएको छ ।
‘दुवै बिधाहरुमा प्रथम भएका विद्यार्थीह्रुलाई ट्रयाक परिवर्तन भएको भनि खेलबाट बाहिराएके र समान किसिमको गल्ती भएको अर्को विद्यालयको सहभागी विद्यार्थीलाई अगाडि बढाइयो’, विद्यालयले सार्वजनिक गरेको धारणामा लेखिएको छ, ‘सम्बन्धित निकायमा जानकारी गराउँदा गराउँदै पनि कुनै पनि प्रतिक्रिया नपाएकोप्रति विद्यालय परिवार दुःख व्यक्त गर्दै बाँकी रहेका अन्य सम्पूर्ण कार्यक्रमहरुमा भाग नलिने जानकारी गराउँदै प्रतियोगिता बहिष्कार तथा घोर आपत्ति जनाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ ।’
विद्यालयले रनिङ ट्रयाक प्रष्ट देखिने तथा नाप अनुसारको नभएको, एक् सय मिटर दौड ७० मिटर मात्र दौडाइएको तथा यस्तै गल्ती अन्य दौडमा पनि भएको, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन समितिको बैठकको निर्णय नं. तीन बमोजिम प्रतियोगिता नगरिएको, खेल सञ्चालनको लागि पर्याप्त जनशक्तिको कमी भई बाहिरको व्यक्तिको कुरा सुनेर निर्णय गरिएको र खेलहरु अव्यवस्थित रुपमा सञ्चालन भएको दाबी गरेको छ ।
खेल हेर्नकै लागि पुगेका अन्य विद्यालयका शिक्षकहरुले पनि विद्युत गृहको गेट बन्द गरिएको मैदानमा लगेर खेल खेलाइएको तथा सम्बन्धित विद्यालयका शिक्षकहरुको अनुपस्थितिमा आफ्नै मनलाग्दी तरिकाले प्रतिस्पर्धा गराइएको दाबी गरेका छन् । सबैभन्दा बढी समस्या दौड प्रतियोगितामा देखिएको उनीहरुको भनाई छ ।
गोलाकार चक्रमा दौडिने बेलामा सबैभन्दा बाहिरी र सबैभन्दा भित्री घेराको लम्बाई बराबर नहुने भएकोले ट्रयाकको अन्तिम बिन्दु छड्के रुपमा राखिएको हुनुपर्ने वा सुरुवातमा नै बाहिरी घेराका खेलाडीहरुलाई अगाडि र भित्री घेराका खेलाडीहरुलाई पछाडि राखेर दौडाउनुपर्ने भए पनि सबैलाई एकै बिन्दुबाट दौडाइएको विद्यालयहरुले बताएका छन् । सबैभन्दा बाहिरी घेरामा दौडिएका बिद्यार्थीहरुले लामो र त्यसपछिको लगातार भित्री घेरामा रहेका बिद्यार्थीहरुले क्रमशः कम दूरी पार गर्नु परेको उनीहरुको तर्क छ ।
दौडको सामान्य नियमको समेत पालना नगरी प्रतियोगिता सञ्चालन गरिनु तथा अस्तव्यस्त तरिकाले खेल खेलाउँदा भएका गल्तीहरुले विद्यार्थीहरुमा खेलप्रतिको मनोबैज्ञानिक धारणामा प्रतिकूल असर गरेको शिक्षकहरुले बताएका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive