बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024

मोदी : राष्ट्रपति रनिङ शिल्डको उपाधि नवजागृत मा.वि.लाई

पर्वत : पर्वतको मोदी गाउँपालिकाको आयोजनामा भएको दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नवजागृत माध्यमिक विद्यालयले हासिल गरेको छ ।
‘विकास अनुशासन र स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सञ्चालन भएको मोदी गाउँपालिका स्तरीय प्रतियोगितामा मोदी गाउपालिका–६ तिलाहरमा रहेको नवजागृतले १७ वटा स्वर्ण पदक जित्दै उपाधि हात पारेको हो ।
प्रतियोगिता स्वर्ण, रजत र काँस्य पदक प्राप्तीको आधारमा सञ्चालन गरिएको थियो । प्रतियोगितामा पशुपति माध्यमिक विद्यालय राम्जा दोस्रो तथा महेन्द्र शिखरी माध्यमिक विद्यालय जनसिद्व माध्यमिक विद्यालय तेस्रो भएका छन ।
प्रतियोगितामा भुक देउराली मा.वि.ले १, जननेत्र मा.वि.ले ७, सरस्वती मा.वि.ले १३, शालिजा मा.वि.ले ११, नवज्योती थम मा.वि.ले ३ हिमालय माविले ६, नमुना आवसीय मा.वि.ले १ र भवानी आधारभुत विद्यालयले १ प्रकारको खेलमा सफलता पाएका छन् ।
छात्र÷छात्राका २४ वटा विधाहरुमा भएको खेलमा छात्र भलिबलतर्फ जननेत्र मा.वि.प्रथम, देउपुर नमुना आवासीय मा.वि द्धितिय र महेन्द्र शिखरी मा.वि. तृतिय भएका छन् । छात्रातर्फ महेन्द्र शिखरी मा.वि. प्रथम, जननेत्र मा.वि. दोस्रो, सरस्वती मा.वि. तृतिय भएका छन । मार्च पास तर्फ जन नेत्र मावि उत्कृष्ट भएको छ । १५ भन्दा बढी विद्यालयबाट प्रतिस्पर्धीहरु आन्तरिक प्रतिस्पर्धामा उत्रिएको खेलमा छात्र छात्रा भलिबल प्रतियोगिता, एथलेष्टिक्स तर्फका खेल, हाइजम्प, लङजम्प लगायतका खेलहरु सञ्चालन भएका थिए ।
प्रतियोगिताको समापन समारोहमा बोल्दै प्रमुख अतिथि मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले शिक्षाको गुणस्तर विकास सँगै खेलकुद क्षेत्रको विकासका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महत्वपूण रहेको बताईन । उनले बालबालिकाहरुको अन्र्तरनिहित क्षमता सँगै खेलकुद प्रतिको जागरणलाई अझै उचाइमा पु¥याउन प्रतियोगिताले उल्लेख्य भूमिका खेलेको बताउदै सम्पुर्ण सहभागि तथा विजेता छात्र, छात्राहरुलाई धन्यवाद, बधाई ज्ञापन गरिन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले समग्र जिल्लाको तुलनामा मोदी गाउँपालिकालाई खेल क्षेत्रमा अब्बल बनाएर प्रदेश देखि राष्ट्रिय स्तर सम्म आफ्नो भूमिका दर्शाउन आग्रह गरे ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive