पर्वत : पर्वतको कुश्मा नगरपालिकामा स्थानीय तह रास्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको तयारी पुरा गरेको छ ।
नगरपालिकाले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले प्रतियोगिताको भव्य रुपमा तयारी भएको जानकारी दिनुभयो । विगत भन्दा यसवर्ष नगरपालिकाले प्रतिायेगितालाई भव्यताका साथ सञ्चालन गर्न लागेको नगरप्रमुख जोशीले जानकारी दिनुभयो । उहाँले पत्रकारले उठाएको प्रश्नको जवाफ दिँदै विगतमा भन्दा भव्य रुपमा प्रतियोगिता हुने जानकारी दिनुभयो । प्रतियोगितामा २५ वटा मावीका बिधालय लाई प्रतियोगितामा सहभागी गराइने भएको छ ।
विद्यालयहरुले सहभागिताका लागि समूह दर्ता गरिरहेका छन् । २८ वटा इभेन्टसहरु प्रतियोगितामा समावेश गरिने भएको छ । कुश्मा नगरपालिकाले फागुन ७ गतेबाट अर्थात भोलीबाट प्रतियोगिता शुरु गरेर ३ दिनमा सबै कार्यक्रम सक्ने तयारी गरेको जोशीले जानकारी दिनुभयो । ससस्त्र प्रहरी वल चण्डीका गण र बडगाउ खेलकुद मैदानमा प्रतियोगिता सन्चालन गर्ने तयारी छ । प्रतियोगितामा भाग लिने विद्यार्थीलाई विद्यालयको खातामा यातायात खर्च समेत उपलब्ध गराईने भएको छ ।
यूवा, खेलकूद तथा शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले खेलकुदको तयारी र समन्वयका बारेमा जानकारी दिनुभएको थियो । उहाँले गत वर्ष केही बिबाद भएको भन्दै यसवर्ष कुनै पनि बिबाद र द्विविधा नहोस भन्नेमा सचेत रहेको बताउनुभयो । अहिले समाजमा विभिन्न खालका तनाव उत्पन्न भैरहेकाले यिनको निदानका लागि पनि खेलकुद महत्वपूर्ण रहेको तिवारीले उल्लेख गर्नुभयो । प्रतियोगितामा सहभागिहरुलाई निशुल्क बीमाको व्यवस्था गरिएको छ ।
नगरपालिकाले यसवर्ष देखि प्रतियोगितामा तीन पटक सम्म प्रथम हुने विद्यालयलाई पाँच लाख रुपैयाँ अनुदानको व्यवस्था गरेको छ । त्यसका अलवा सबै खाले प्रतियोगितामा प्रथम हुेनेलाई ५१ हजार, दित्तिय हुनेलाई ३१ हजार, तृतिय हुनेलाई २१ हजार र सान्त्वना हुनेलाई ११ हजार पुरस्कार वितरण गरिने शिक्षा शाखा प्रमुख तिवारीले जानकारी दिनुभयो ।
खेलकुदमा प्रशिक्षक र रेफ्री सङग बिधार्थिको स्वार्थ नमिलेको जनशक्ती राख्न खोजिएको पनि पत्रकार समम्ेलनमा जानकारी दिईयो । नगर प्रमुख जोशीले सरोकारवाला सबैले कार्यक्रम लाई सहयोग गर्न आव्हान गर्नुभयो ।




