मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

कुश्मामा पर्यटक तान्न प्रतिष्ठान पर्वतले राख्यो होर्डिङ बोर्ड

चैत्र १, २०७९

पर्वत : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति पर्वतले पर्यटकहरुको कुश्मा घुमाई र बसाई प्रबद्र्धन गर्नका लागि होर्डिङ बोर्ड राखेको छ ।
प्रतिष्ठान पर्वतीकी अध्यक्ष पशुपती कार्की (पूजा) का अनुसार पोखरा लगायतका ठाउँहरुबाट कुश्मामा भित्रिने कुश्मा नगरपालिका–७ खरेहामा पाहुनाको स्वागत गर्ने गरी होर्डिङ बोर्ड राखिएको हो । प्रतिष्ठान पर्वतले २२ औँ स्थापना दिवस एवं लोक दोहोरी दिवसको अवसर पारेर होर्डिङ बोर्ड राखेको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रका पूर्व अध्यक्ष चन्द्र शर्माको उपस्थितिमा बोर्ड राखिएको हो । शर्माले प्रतिष्ठान पर्वतले गरेको कामको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि रचनात्मको कामको प्रतिक्षामा रहने बताऐ । लोक तथा दोहोरी कलाकारहरुलाई गीत गाएर रमाईलो गर्नेको रुपमा मात्र नभई सामाजिक सेवामा लाग्ने व्यक्ति पनि हुन भनी चिनाउन पर्वत प्रतिष्ठानले गरेका कामहरु महत्वपूर्ण रहेको उनको भनाई छ । संस्थाको स्थापना दिवसमा आफ्नो जिल्लाको पहिचान दिने काम स्वागत बोर्डले गर्ने शर्माले बताए ।
लोक दोहोरी गीत प्रतिस्ठान पर्वतकी अध्यक्ष पुजा कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष चित्रसागर श्रेष्ठ, पूर्व अध्यक्षहरु शान्तीनारायण श्रेष्ठ, आर.सि पौडेल (रामचन्द्र) र संस्थाका निबर्तमान अध्यक्ष दिपक गदालले बोलेका थिए । कार्यक्रममा संस्थाका महिला उपाध्यक्ष मञ्जु वि.क.ले स्वागत तथा संस्थाका सहसचिव गंगाराम परियारले कार्यक्रम सञ्चालन गरेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive