शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

स्ववियू निर्वाचन : पर्वतको गुप्तेश्वरमा रेग्मी र कुँवर भिड्दै

चैत्र ३, २०७९

पर्वत : यही चैत ५ गते निर्वाचन हुन लागेको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन अन्तर्गत पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसमा पनि निर्वाचन हुँदै छ। नेपाली काँग्रेस समर्थित नेपाल विद्यार्थी संघकोतर्फबाट सतिस रेग्मी र नेकपा एमाले समर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को तर्फबाट जोश्ना कुँवर चुनावी प्रतिस्पर्धामा छन्।
सचिव पदमा पनि दुई जनाबीच नै प्रतिस्पर्धा हुने भएको छ। स्व.वि.यू निर्वाचन समितिको कार्यालयका अनुसार सचिवमा नेविसंघकोतर्फबाट लक्ष्मण रेग्मी र अनेरास्ववियूबाट मनोज पुरीको उम्मेदवारी रहेको छ। कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) बाट पवित्रा नेपाली र अनेरास्ववियूबाट अपिल क्षेत्री प्रतिस्पधामा छन्। नेकपा माओवादी केन्द्र समर्थित अखिल (क्रान्तिकारी) र नेािवसंघले गठबन्धन गरेर चुनावमा गएका कारण कोषाध्यक्ष पद नेविसंघले नलिएर अखिल (क्रान्तिकारी) ले लिने सहमति भएको थियो।
सदस्य पदमा नेविसंघबाट पुजाकुमारी पोखरेल, अखिल (क्रान्तिकारी) बाट मनीसा परियार र सविना क्षेत्री उम्मेदवार रहेका छन भने अनेरास्ववियूबाट सन्तोष पौडेल, सावित्रा पौडेल र अनिल पौडेल चुनावी प्रतिस्पर्धामा रहेका छन्।
प्रतिपर्धामा रहेका नेािवसंघ र अनेरास्ववियूले समानुपातिकतर्फका उम्मेदवारहरुको पनि बन्द सूची पेस गरेका छन्। सदस्य पदका लागि बुझाइएको बन्द सूचीमा नेविसंघकातर्फबाट यज्ञ पौडेल, आशिष पौडेल, विनिता नेपाली, शतिष शर्मा र नवराज शर्मा रहेका छन भने अनेरास्ववियूकातर्फबाट अमृत पौडेल, आरती शर्मा, मनिषा जि.सी, सरस्वती शर्मा र योगमाया शर्माको नाम बुझाइएको छ।

 

 

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive