बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

जलजला : वैशाख एकदेखि बर्गीकरण गरेर मात्रै फोहोर उठाउने

चैत्र २६, २०७९

पर्वत : जलजला गाउँपालिकाले आगामी वैशाख एक गतेदेखि कुहिने र नकुहिने प्रकृतिको फोहरमैलालाई छुट्टा–छुट्टै संकलन गर्ने भएको छ ।
गाउँपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीका अनुसार गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रममा भएको फोहोरमैला व्यवस्थापन सम्बन्धी नीतिलाई मूर्तता प्रदान गर्न नयाँ वर्षदेखि फोहोरको बर्गीकरण गरेर उठाउन लागिएको हो । छुट्टा–छुट्टै संकलन गरीने फोहाोरलाई अलग–अलग ट्याक्टरबाट संकलन गरीने र उपयुक्त तरीकाले विसर्जन गरिने छ ।
गाउँपालिकाभित्र वसोवास गर्ने सम्पूर्ण घर परिवार, व्यवसायिक फर्म, विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्था, कार्यालय, शैक्षिक संस्था लगायत सबैले फोहोरलाई अलग–अलग जम्मा गरी फोहोरमैला ढुवानीका लागि घर घरमा आउने अलग–अलग ट्याक्टरमा पठाउने व्यवस्था मिलाउन गाउँपालिकाले अनुरोध गरेको छ ।
गाउँपालिकाले तोकेको फोहोरमैला शुल्क सम्बन्धित संस्थालाई बुझाउन अटेर गरेमा, नबुझाएमा, जथाभावी रुपमा फोहोरमैला फालेमा वा निर्देशन अवज्ञा गरेमा गाउँपालिकावाट प्रदान हुने सेवा सुविधा बन्द गरी कानून बमोजिम कारवाही गरीने गाउँपालिकाले बताएको छ ।
गाउँपालिकाभित्र सिर्जना हुने फोहरमैलाको स्रोतमा न्यूनीकरण, पुनःप्रयोग, प्रशोधन विसर्जन गरी फोहरमैलाको व्यवस्थित तथा प्रभावकारी व्यवस्थापन गर्ने नीति गाउँपालिकाले बनाएको छ । फोहोरमैलाबाट जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ तथा स्वस्थ वातावरण कायम गर्ने उद्धेश्यले गाउँपालिकाले पर्वत वेनी खानेपानी तथा सरसफाई उपभोक्ता समितिसँग फोहोरमैला व्यवस्थापन सम्झौता गरेको छ । सोही संस्थाको व्यवस्थापनमा समय तालिका बमोजिम गाउँपालिकाको मुख्य बजार क्षेत्र लगायत अन्य स्थानहरुको फोहोरमैला संकलन तथा व्यवस्थापनको काम भइरहेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive