मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

एनआरएनए नन रेसिडेन्ट नेपाली एसोशिएशनमा समाहित हुन आह्वान

चैत्र २८, २०७९

क्यालिफोर्निया : परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाका अध्यक्ष माधव मरासिनीले नयाँ वर्ष २०८० सालको शुभकामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष मरासिनीले मंगलबार एक शुभकामना सन्देश जारी गर्दै नयाँ वर्ष २०८० सालकोको सुखद अवसरमा घरदेश तथा परदेशमा रहनुहुने सम्पूर्ण बुवा, आमा, दाजु, भाइ, तथा दिदी बैनीहरुमा सुख शान्ति र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको हो ।

अध्यक्ष मरासिनीले नयाँ सालको आगमन संगै घरदेशमा राजनीतिक स्थिरता, स्थाई सरकार कायम रही विकास निर्माण र आर्थिक समृद्धिले गति लियोस भन्ने कामनाका साथै परदेशमा बस्ने नेपालीहरुको बसाइ, सिकाइ र आय आर्जनका कामहरुले अझ थप उचाइ प्राप्त गरोस भनि प्रार्थाना समेत गर्नु भएको छ । नेपालको भूगोल छोडेपछि परदेशको भूमिमा एक्लो महसुस नहोस, दुख पर्दा एक्लै रून र सुख पर्दा एक्लै हास्न नपरोस भनि संस्थागत अभ्यासहरू हुदै आएका भए पनि प्रायजसो संस्थाहरु समाजको हित भन्दा पनि व्यक्तिगत स्वार्थ , गुट उपगुट र राजनीतिक दाउपेचले खण्डित हुदै गएको अध्यक्ष मरासिनीको भनाई रहेको छ ।

आफुहरुले पनि बैकल्पिक सामाजिक अभियानका रूपमा एनआरएनए नन रेसिडेन्ट नेपाली एसोशिएशनको स्थापना गरी नेपालको दुरदराजमा रहेका गाउहरुमा शिक्षा र स्वास्थ्यका लागि काम गरिरहेको बताउँदै अध्यक्ष मरासिनीले स्थापनाको छोटो समयमा आफुहरुले गरेको पारदर्शी र निस्वार्थ सेवाले धेरै नेपालीको मन जित्न सकेकोमा आफुहरु अत्यन्तै खुसि भएको उल्लेख गर्दै यस अभियानमा साथ् दिनुहुने सम्पूर्ण नेपालीहरुमा हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

पछिल्लो समय आफुहरुको संस्थाको लोगो, नाम र कार्यक्रमहरुको नक्कल गरि विभिन्न संस्थागत दोकानहरु संचालनमा रहेको र उनीहरुबाट आफुहरुलाई घुमाउरो बाटो बाट लोगो कब्जा गर्न खोज्ने ,संस्थानै बन्द गर्न दबाब दिने जस्ता कार्य भएको स्मरण गर्दै अध्यक्ष मरासिनीले आफुहरुले ती सबै षड्यन्त्र लाइ निस्तेज पार्दै अगाडी बढी रहेको उल्लेख गुर्न भएको छ । अन्य संस्थाहरुले अहिले पनि मिलौ र एक भएर जाउँ भन्ने प्रस्तावहरु गर्दै आएको बताउँदै उहाँले संस्थाको लोगोको ट्रेडमार्क र यसको आधिकारिकता आफुहरुमा सुरक्षित रहेकोले आफुहरुले स्थापना गरेको संस्था नै आधिकारिक संस्था भएको दाबी गर्दै एक हुने हो भने सबै हिसाबले आधिकारीक संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एसोशिएशनमा समाहित हुन सबैलाई आह्वान समेत गर्नु भएको छ ।

“पछिल्लो समय हाम्रो संस्थाको लोगो, नाम र कार्यक्रमहरुको नक्कल गरि विभिन्न संस्थागत दोकानहरु संचालनमा छन् । यस बिषयमा हामीले सम्बन्धित व्यक्ति र संस्थाहरुलाई यस्ता अबैधानिक गतिविधि नगर्न पटक पटक पत्राचार गरिसकेका छौं । तर घुमाउरो बाटो बाट लोगो कब्जा गर्न खोज्ने ,संस्थानै बन्द गर्न दबाब दिने कार्य भएकै हुन् । यी सबै षड्यन्त्र लाइ निस्तेज पार्दै हामी अगाडी बढी रहेका छौं। अहिले पनि मिलौ, एक भएर जाउ जस्ता गुलिया कुरा आएका छन् । हामी मिल्ने कुरामा सकारात्मक छौ । तर बिलय हुने कुरा हामी बाट किमार्थ हुने छैन । लोगोको ट्रेडमार्क र यसको आधिकारिकता हामीमा सुरक्षित रहेकोले हामीनै आधिकारिक संस्था हौं । यसकारण मिल्ने, एक हुने हो भने सबै हिसाबले आधिकारीक संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एसोशिएशनमा समाहित हुन सबैलाई आह्वान गर्दछु । अन्त्यमा, नयाँ बर्षले सबैमा खुसियाली ल्याओस र संस्थागत एकताको लागि सद्बुद्धि पलाओस भनि कामना गर्दछु,” अध्यक्ष मरासिनीद्धारा जारी गरिएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive