शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024
spot_img

चितुवालाई डोरीले बाँधेर हिँडाउनेदेखि काखमा बोकेर डुलाउने पर्वत

कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा मृत भेटियो चितुवा

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा चितुवाको बच्चा मृत अवस्थामा फेला परेको छ ।
दोबिल्ला–फलेवास सडक खण्ड अन्तर्गत कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने पहरे पुल नजिकै कालोपत्रे सडकमा बुधवार बिहानै चितुवाको बच्चा मृत अवस्थामा भेटिएको हो । सवारी चालक र स्थानीयले चितुवाको बच्चा देखेपछि तत्काल नै जिल्ला प्रहरी कार्यालय पर्वत र डिभिजन बन कार्यालय पर्वतमा खबर गरेका थिए ।
उद्धारको लागि पुगेको प्रहरी र बन कार्यालयका कर्मचारीहरूले चितुवाको बच्चा मृत रहेको पुष्टि गरेर डिभिजन बन कार्यालयमा ल्याएर त्यसको अन्त्येष्टी गरिने कार्यालय प्रमुख विष्णु अधिकारीले बताए । घाइते वा बिरामी अवस्थामा फेला परेको भएमा ज्यूँदै उद्धार गरेर उपचारको लागि पठाइने भए पनि यो चितुवाको बच्चा मृत रहेको पुष्टि भएकाले मुचुल्का गरेर गाडिने छ ।
चितुवाको सवालमा पर्वत जिल्ला ‘भाइरल’ नै छ । गत चैत आठ गते सदरमुकाम कुश्मा बजारकै एक घरमा चितुवा पस्यो । त्यसअघि गत फागुन १९ गते फलेवास नगरपालिका घाइते अवस्थामा भेटिएको चितुवालाई काखमा बोकेर हिँडाएको तस्बिर सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो । यस्तै २०७७ सालको असारमा सामाजिक सञ्जालभर पर्वत जिल्ला ‘भाइरल’ भएको थियो । सुरक्षाकर्मी र स्थानीय व्यक्तिहरू मिलेर एउटा सानो चितुवालाई सडकमा डो¥याएर हिँडिरहेको दृश्यले सबैलाई अचम्ममा पारेको थियो । सुरक्षाकर्मीले चितुवाको डोरी समातेका थिए भने अरू व्यक्तिहरू त्यसैको पछि पछि हिँडेका थिए त कोहीले चितुवासँग सेल्फी खिचेर पोस्ट गरेका थिए ।
त्यो चितुवा जिल्लाको जलजला गाउँपालिकाको लामाबगरमा साँझ चितुवा देखा परेको थियो । सामुदायिक वनमा घाँस काट्न गएका स्थानीयले चितुवा देखे अनि नियन्त्रणमा लिएका थिए । मिलन चोक चौकीबाट गएको प्रहरीले आक्रामक शैलीको नदेखिएको चितुवालाई लामाबगरबाट बाख्राजस्तै डो¥याएर हिँडाएर मिलनचोकस्थित प्रहरी चौकी लगेका थिए ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive