मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

नयाँ वर्षमा कुश्मा बजारमा लाईभ कन्सर्ट आयोजना

चैत्र ३०, २०७९

पर्वत : नेपालीहरुको नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा पर्वत सदरमुकाम कुश्मा बजारमा लाईभ कन्सर्टको आयोजना गरिने भएको छ।
पर्वतमा सक्रिया रही बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको रिडोम्स म्यूजिक ग्रुपको आयोजनामा कार्यक्रम हुन लागेको हो। नयाँ वर्षका दिन वैशाख एक गते दिउसो २ बजेदेखि कुश्मा बजारमा रहेको बान्द्रेबिणी चौरमा कन्सर्ट हुने छ।
लोकदोहोरीतर्फका डिजे कलाकारहरुको पनि सहभागिता रहने कार्यक्रममा स्थानीय तथा पाहुना कलाकाकारहरुले आफ्ना सांगितिक प्रस्तुतीहरु दिने छन्। कार्यक्रममा प्रवेश गर्नका लागि एक सय र दुई सय रुपैयाँ दरमा टिकट काट्नुपर्ने आयोजकले बताएको छ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive