बुध, असार ४, २०८२
Wed, June 18, 2025

जलजला : कृषिमा विकास गर्न तीन कार्यक्रमका लागि प्रस्तावना आह्वान

चैत्र ३०, २०७९

पर्वत : पर्वतको जलजला गाउँपालिकाले कृषि विकास कार्यक्रम सञ्चालनको लागि साढे १५ लाख रुपैयाँ खर्च गर्ने भएको छ।
आर्थिक वर्ष २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार समानीकरणतर्फको कृषि विकास कार्यक्रम सञ्चालन गर्नको लागि गाउँपालिकाका इच्छुक कृषक, कृषक समूह, फर्म तथा टोल विकास संस्थाहरुले गाउँपालिकाको कृषि विकास शाखामा निवेदन दिन भनिएको गाउँपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीले बताए।
पहिलो कार्यक्रमका रुपमा प्राङ्गारिक खेती प्रवद्र्धन कार्यक्रम तथा माटो जोगाऔँ अभियानलाई राखिएको छ। यो कार्यक्रमका लागि १० लाख रुपैयाँ रहेको छ। यस कार्यक्रम अन्तर्गत भर्मिकम्पोष्ट तथा प्राङ्गारिक मलखाद, जैविक मल, विषादी सम्बन्धी सामग्री तथा सचेतना, तालिम लगायतका अन्य जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन हुने छन्।
तीन लाख रुपैयाँ रहेको उत्कृष्ट कृषक पुरस्कार तथा कृषक सम्मान कार्यक्रम अन्तर्गत तरकारी, तरकारी बीउ च्याउ, मौरी, आलु बीउ, सुन्तला जात तथा अन्य फलफूल, अन्नबाली, पशुपंक्षीपालनमा संलग्न कृषक तथा उत्कृष्ट कृषक समूह वा कृषि सहकारी संलग्न रहने छन्।
यस्तै गरिब घरपरिवार पिछडिएको वर्ग तथा एकल महिला लक्षित विशेष कार्यक्रमका लागि दुई लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। यो बजेटबाट आयआर्जन सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने भनिएको छ।
निवेदन दिने कृषक वा समूहले तोकिएको ढाँचामा रितपूर्वकको प्रस्तावको निवेदन, सम्बन्धित वडा कार्यालयको सिफारिसपत्र, प्राङ्गारिक खेती प्रवद्र्धन कार्यक्रम तथा माटो जोगाऔँ अभियान कार्यक्रममा समूह, सहकारी, टोल विकास संस्था, उद्यमी कृषक, गैर नाफामूलक संस्थाहरु तथा सेवामूलक संस्थाहरुले आवेदन दिनुपर्ने भनिएको छ। यस्तै समूह वा सहकारीको प्रमाणपत्रको प्रतिलिपि, गरिब घरपरिवार एकल महिलाका हकमा परिचय पत्र वा सिफारिस पत्र लगायतका कागजातहरु पेस गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive