बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

गुरुङ फिल्म एसोसियन हङकङको अध्यक्षमा माया गुरुङ निर्वाचित

बैशाख ११, २०८०

हङकङ : गुरुङ फिल्म एसोसियन हङकङको दोस्रो अधिवेसन २३ अप्रिल २०२३ का दिन ब्लु ओसियन रेस्टुरेन्ट जोर्डनमा सम्पन्न भएको छ |

लामो समय कोभिड सङ्क्रमण संगै सस्थाको अधिवेसन समयमा गराउन नसकिए पनि २३ तारिखका दिन संस्थाको अध्यक्ष रोशन गुरुङको अध्यक्षतामा र जिफान नेपालको केन्द्रिय सल्लाहाकार चलचित्र निर्माता समाजसेवी दुर्गा गुरुङ (मिलन) को प्रमुख आतिथ्यतामा भएको थियो । अतिथीहरु तमु ट्हो ह्युल हङ्कङका अध्यक्ष बिजय गुरुङ, तमु प्ये ल्हु संघ हङ्कङका अध्यक्ष मन बहादुर गुरुङ, तमु समाज हङ्कङका वरिस्ट उपाध्यक्ष मन प्रसाद् गुरुङ, प्रदेश न १ तमु समाजका अध्यक्ष हेम प्रताप गुरुङको विशेष उपस्थिति रहेकोे थियो । प्रमुख अतिथी जिफान नेपालको केन्द्रिय सल्लाहाकार चलचित्र निर्माता समाजसेवी दुर्गा गुरुङ (मिलन) ले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

प्रमुख अतिथि गुरुङले संस्थाले विदेशी भुमिमा रहेर आफ्नो चलचित्रको माध्यमबाट नेपाली कला संस्कृतीको जगेर्ना गरेकोमा बधाई दिनुभयो । उक्त कार्यक्रम सन्चालन संस्थाको सचिव विश्वाश गुरुङले गर्नु भएको थियो । उपाध्यक्ष चौ गुरुङको स्वागत मन्तब्य साथ अतिथिहरुको मन्तब्य क्रम अगाडि बडेको थियो । कार्यक्रममा संस्थाको अध्यक्ष रोशन गुरुङबाट पहिलो चरणको कार्यक्रम बिघटन गरिएको थियो ।

दोस्रो चरण बन्दसत्र सुरुवती संगै समाजसेवी चलचित्र निर्माता दिलिप गुरुङको अध्यक्षतामा ३ निर्वाचन मण्डलमा समाजसेवी चलचित्र निर्माता सत्य घले, समाजसेवी चलचित्र निर्माता ईन्द्र काजी गुरुङबाट कार्यक्रम अघि बडाइएको थियो । संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष रिस्ता गुरुङको अनुपस्थितिमा सह–कोषाध्यक्ष च्योउन गुरुङबाट वाचन गरिएको थियो, सचिब विश्वाश गुरुङ र अध्यक्ष रोशन गुरुङद्वारा अ-आफ्नो कार्यकाल भरिको चुस्त दुरुस्त प्रतिवेदन सुनाइएको थियो |

ततपस्चात हलबाट तालीका साथ पास गराउदै निर्वाचन मण्डलद्वारा नयाँ कार्य समिती छनोट जिम्मा हलमा दिइएको थियो । सबै जनाको सर-सल्लाहा साथ सर्बसम्मत रुपमा माया गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरियो । प्रथम उपाध्यक्षमा भिम गुरुङ, द्वितिय उपाध्यक्ष ओम प्रसाद गुरुङ, महासचिव विश्वाश गुरुङ, सचिव नियोना गुरुङ, कोषाध्यक्ष दिपा गुरुङ, सह–कोषाध्यक्षमा च्योउन गुरुङलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा गमन घले, मनोज गुरुङ, पुकार गुरुङ र पूर्ण गुरुङ रहनुभएको छ । ।

नव कार्य समितिलाई निर्वाचन मण्डलका अध्यक्ष दिलिप गुरुङद्वारा सपथ ग्रहण गराए पस्चात बधाई शुभकामना आदान प्रदान गराउदै गुरुङ फिल्म एसोसियन हङकङको दोस्रो अधिवेसन हङ्कङ्का गुरुङ चलचित्र प्रेमीहरुको बाक्लो उपस्थिती बीच सम्पन्न गराइको थियो | गोर्खाली रेडियोको तर्फबाट सम्पूर्ण नव निर्वाचित कार्य समितिलाई बधाई सहित सफल कार्यकालको धेरै धेरै शुभकामना व्यक्त गरिएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive