बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024

सार्वजनिक बिदाका दिनमा पनि सेवा प्रवाह गर्दै पर्वतका सरकारी कार्यालयहरू

पर्वत : नेपाल सरकारले सार्वजनिक सेवालाई नियमित रूपमा प्रवाह गर्ने विशेष व्यवस्था गरे अनुसार पर्वतका जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरूले पनि पर्व र दिवसका अवसरमा दिइने बिदाका दिनमा पनि सेवा प्रवाह गर्ने भएका छन्।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यका अनुसार २०८० सालको वैशाख एक गतेदेखि चैत मसान्तसम्म सरकारले घोषणा गरेका सार्वजनिक बिदा दिइएका पर्व तथा दिवसमा समेत सेवा प्रवाह गरेर सार्वजनिक सेवा प्रवाहलाई नियमित बनाउनको लागि विभिन्न कार्यालयहरूबाट नियमित रूपमा सेवा दिने तयारी पूरा भएको छ।

‘नेपाल सरकारले सार्वजनिक बिदाको दिन पनि नियमित सेवा प्रवाह गर्ने विशेष व्यवस्था गरेअनुरूप विभिन्न १६ वटा बिदा तथा पर्वहरूमा सेवा सञ्चालन गर्ने र नियमित सेवा प्रवाह गर्ने गरी सूचित गरिएको छ’ प्रजिअ आचार्यले भने, ‘सेवाग्राहीको उच्च चाप, न्यून जनशक्ति, कमजोर पूर्वाधार लगायतका अनेक चुनौतीका बावजुत कार्यान्वयनमा ल्याउन खोजिएको छ। उक्त परीक्षण हाललाई पूर्ण कागजातसहित सम्बन्धित शाखाले रुजु गरेको एक घण्टाभित्र नै सेवाग्राहीलाई सेवा दिन थालिएको छ।’

यो वर्ष वैशाख २२ गते उभौली पर्व, चण्डी पूर्णिमा र बुद्ध जयन्ती, जेठ १५ गते गणतन्त्र दिवस, भदौ १४ गते रक्षाबन्धन, भदौ २० गते श्रीकृष्ण जन्माष्टमी, असोज २८ गते घटस्थापना, पुस नौ गते क्रिसमस डे, पुस १० गते उधौली पर्व, योमरी पुन्ही र ज्यापु दिवस, पुस १५ गते तमु ल्होसार, पुस २७ गते पृथ्वी जयन्ती परेका छन्। यस्तै माघ एक गते मनाइने माघी पर्व, माघ २७ गतेको सोनाम ल्होसार, फागुन एक गतेको जनयुद्ध दिवस, फागुन सात गते राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन २५ गते महाशिवरात्रि तथा अन्तर्राष्ट्रिय महिला दिवस र आउने समयमा निर्धारण हुने गरी इद उल फित्र, इद उल अजहाको अवसरमा सार्वजनिक बिदा दिइने छ।

ती बिदाका दिनमा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरू जिल्ला प्रशासन कार्यालयले, कर राजश्व, उद्योग वाणिज्य, मालपोत र नापी सम्बन्धी कामहरू करदाता सेवा कार्यालय, पर्यटन तथा उद्योग कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयले प्रवाह गर्ने छन्।

यस्तै जिल्लाका सबै स्थानीय तहहरू, भेटेरिनरी तथा पशु सेवा विज्ञ कार्यालय, खानेपानी तथा सरसफाइ सम्पर्क इकाई कार्यालय, नेपाल विद्युत् प्राधिकरण (कुश्मा वितरण केन्द्र), पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, सम्पूर्ण बैङ्क  तथा वित्तीय संस्थाहरू, अस्पताल र क्वारेनटाइन सम्बन्धी सेवाहरू प्रदान हुने छन्।

ती कार्यालयहरूबाट स्थानीय तहबाट प्रवाह हुने सेवा, भेटेरिनरी सेवा, खानेपानी तथा सरसफाइ सम्बन्धी सेवा, विद्युत् सम्बन्धी सेवा, सडक मर्मत सम्बन्धी सेवा, बैङ्किङ कारोबार र बिमा सम्बन्धी सेवा, सम्बन्धित  मन्त्रालय वा निकायले तोकेका सार्वजनिक सेवासँग सम्बन्धित अन्य सेवा तथा प्रदेश सरकार र स्थानीय तहले तोकेको सार्वजनिक सेवा प्रवाह सम्बन्धी अन्य सेवाहरू प्रवाह हुने छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive