बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024

जलजला : स्थानीय पाठ्क्रम लागू गर्न प्रबोधिकरण कार्यक्रम

पर्वत : नयाँ शैक्षिक सत्र २०८० देखि आधारभूत तह अन्तर्गत कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न लागेको जलजला गाउँपालिकाले पाठ्यक्रम प्रबोधिकरण सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जलजला गाउँपालिकाले शिक्षा क्षेत्रमा गुणस्तर कायम गर्नको लागि निरन्तर प्रयास गरिरहेको बताउँदै स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्नु खुसीको कुरा भएको बताए । शैक्षिक गुणस्तर कायम हुन सकेमा नागरिकको चेतना स्तर अगाडि आउने र तब मात्रै नागरिक स्वयं असल र मिहिनेती बन्ने भएकाले नागरिकले गुणस्तरीय शिक्षा पाउनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा स्थानिय पाठ्यक्रम भित्र समावेश गरिएका विभिन्न बिषयबस्तुहरुको बारेमा पनि छलफल गरिएको छ । सोही अवसरमा गाउँपालिकाले तयार पारेको शैक्षिक कार्यपात्रोको विषयमा छलफल पनि गरिएको छ । उक्त पात्रोको गाउँपालिकाका अध्यक्ष आचार्यले बिमोचन गरेका छन् । सोही कार्यक्रममा गाउँपालिकाको ग्राम प्रकाश माध्यमिक विद्यालयमा सुरु भएको प्राबिधिक धार अन्तर्गत बाली बिज्ञान विषयको सफलताको बारेमा पनि छलफल भएको छ । बाली विज्ञान विषय अध्यननको लागि प्रत्येक विद्यालयले कम्तीमा पनि एक जना विद्यार्थीलाई प्रात्सहान गर्ने भनिएको छ । त्यसका लागि विद्यार्थीले पाउने छात्रवृत्ति र बाली विज्ञान विषयको महत्वको बारेमा बिद्यार्थी र अभिभावकहरुलाई जानकारी गराउने निर्णय भएको छ ।
गाउँपालिकाले गाउँपालिकाका ४४ ओटा विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादनको मुल्याङ्कन गर्नको लागि २७ बुँदामा सम्झौता समेत गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीले स्वागत मन्त्ब्य राखेको कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत त्रिविक्रम आचार्यले गरेका थिए । सोही अवसरमा शिक्षकहरुकोतर्फबाट ग्रामप्रकाश मा.वि.का प्रधानाध्यापक भवानीशङ्कर पौडेलले भनाई राखेका थिए । कार्यक्रममा जलजला गाउँपालिकाभित्रका ४४ ओटै विद्यालयका प्रधानध्यापक, गाउँ शिक्षा समितिका सदस्य, कार्यपालिका सदस्य लगायतको पनि सहभागिता रहेको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive