बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024

नारायण मा.वि.मा बन्यो नयाँ व्यवस्थापन समिति

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयमा विद्यालयको व्यवस्थापनका लागि नयाँ कार्यसमिति गठन भएको छ ।
गत वैशाख २३ गते डाकिएको अभिभावक भेलाले आफूहरुमध्येबाट चार जनाको नाम टुङ्गो लगाएको थियो । भेलाले कृष्णप्रसाद शर्मा, पुष्कल शर्मा, स्वइच्छा आचार्य र सविता परियारलाई व्यवस्थापन समितिमा पठाउने भनी निर्णय गरेको थियो । शिक्षा ऐन, २०२८ मा रहेको संसोधित प्रावधान अनुसार पहिलो भेलाबाट चुनिएका चार जना सदस्यहरुले अन्य दुई जना सदस्यहरु चन्दादाता, जग्गादाता, शिक्षाप्रेमी लगायतबाट मनोनित गर्न मिल्ने भनिएको छ । विद्यालय रहेको वडाका अध्यक्ष वा निजले तोकेको व्यक्ति व्यवस्थापन समितिमा पदेन सदस्य हुने व्यवस्था छ ।
सोही अनुसार शुक्रवार बसेको चार अभिभावक भेलाबाट चुनिएका चार जना र पदेन सदस्य रहेका वडाध्यक्ष सहित बसेको बैठकले देवराज पुरी र देवी कुमारी गर्वुजालाई समितिको सदस्यमा मनोनित गरेको हो । ऐनमा रहेको प्रावधान अनुसार विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पोखरेल सदस्य सचिव बनेका छन् । भेलाबाट आएका तथा मनोनित भएका सदस्यहरुको संयुक्त बैठकले समितिको अध्यक्षमा कृष्णप्रसाद शर्मा चयन भएका छन् । शर्मा यस अगाडिको समितिमा कार्यसमिति रहेका थिए । यो कार्यसमितिको पदावधि तीन वर्षको हुने छ । विद्यालयका प्रधानाध्यापक पोखरेलका अनुसार अब शिक्षकहरुले छानी पठाएको एक जना शिक्षक प्रतिनिधिलाई समितिमा समावेश गरेपछि समितिले पूर्णता पाउने छ ।
गत शनिवार भएको भेलाले शिक्षक अभिभावक संघको भने टुङ्गो लगाइसकेको छ । दीपक अधिकारीको अध्यक्षतामा बनेको नयाँ समितिको सदस्यहरुमा शुक्रमणि शर्मा, जीवन शर्मा, अमृत बि.क, शशीकला छन्त्याल श्रीस, जनीमाया फकामी मगर, मिरा कुमारी शर्मा, कमला किसान र शिक्षकको तर्फबाट भगवती प्रसाद उपाध्याय सदस्य रहेका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive