मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

शिक्षक संघको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

पर्वत : नेपाल शिक्षक संघको ३४ औँ स्थापना दिवसको अवसरमा नेपाल शिक्षक संघ कुश्मा नगरपालिका कार्यसमितिले बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।
कार्यसमितिका पदाधिकारी तथा सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारीहरु तथा संघमा आवद्ध भएको शिक्षकहरुले पर्वत अस्पतालको ओपिडि कक्षमा भर्ना भई स्वास्थ्य लाभ गरिरहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालले शिक्षक संघको कुश्मा नगरपालिकाका समिति सामाजिक काममा सक्रिय रहेको देख्दा खुसी लागेको बताए । बिभिन्न दिवसको अवसर पारेर सामाजिक सहयोग, रक्तदान, बिरामीलाई फलफूल वितरण लगायतका पवित्र काम गर्दा समाजमा राम्रो सन्देश गएको उनको भनाई छ ।
शिक्षक संघले स्थापना कालदेखि शिक्षकहरुको हक, हित तथा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेर असल, सभ्य र समृद्ध समाज निर्माणको लागि काम गर्दै आइरहेको रिमालले बताए । आफू शिक्षकको रुपमा रहेको बेलामा पनि संघका माध्यमबाट बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको भन्दै उनले आगामी दिनमा पनि संघले रचनात्मक काममा नै ध्यान दिन सुझाए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य सरस्वती शर्मा ‘जिज्ञासु’ ले शिक्षकहरु मैन बत्ती जस्तै अरुका लागि उज्यालो दिने भबिष्य निर्माता भएको बताईन् । शिक्षकहरुले देखाएको बाटोले नै देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन हुने भएकोले गुरुहरुको भूमिका र योगदानको प्रशंसा गरेर नसकिने उनको भनाई थियो । शिक्षकहरुको हकहित र पेशागत संरक्षणका लागि नेपाली काँग्रेसले विगतदेखि काम गर्दै आइरहेको शर्माले उल्लेख गरिन् ।


शिक्षक संघ जिल्ला कार्यसमिति पर्वतका अध्यक्ष यज्ञनाथ बास्तोलाले शिक्षक संघको नगर कार्यसमितिले रचनात्मक काम गरेकोमा धन्यवाद व्यक्त गरे । शिक्षकहरु नै समाजसेवामा सक्रिय रहँदा समाजका अरु व्यक्तिहरुमा पनि सामाजिक कार्य गर्ने बानीको विकास हुने उनको भनाई थियो । पर्वत अस्पतालका मेडिकल अधिकृत मनिस सिँहले आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु गरेर बिरामीले स्वास्थ्य लाभ गर्ने कार्यमा सघाउन अनुरोध गरे । फलफुल बिरामीका लागि उपयोगी बस्तु रहेको शिक्षकहरुको काम राम्रो लागेको उनको भनाई थियो । जिल्ला कार्यसमिति सचिव नागेश्वर उपाध्यायले संघमा आवद्ध शिक्षकहरु पेसामा मात्रै सक्रिय नभई सामाजिक काममा पनि सक्रिय हुन पाउनु खुसीको कुरा भएको बताए ।
शिक्षक संघ कुश्मा नगर कार्यसमितिका अध्यक्ष मिम शर्मा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्त्ब्य उपाध्यक्ष जयराम सुवेदीले राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव महेन्द्रकुमार श्रेष्ठले गरेका थिए। सो अवसरमा बोल्दै अध्यक्ष लामिछानेले नगर समितिले रचनात्मक कामहरु गर्ने प्रयास गरिरहेकोले यसमा सघाउन सबैलाई अनुरोध गरे । शिक्षकको हकहितका मुद्धाका विषयमा आफूहरुले विभिन्न प्रयासहरु गर्दै आइरहेको बताउँदै उनले शिक्षक संघ शिक्षक र शिक्षण सिकाईको हकहितका लागि भएको बताए ।
नेपाली काँग्रेसमा आस्थावान शिक्षकहरुको सक्रियतामा २०४७ साल वैशाख ३० गते नेपाल शिक्षक संघको स्थापना भएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive