बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

पर्वत : गणतन्त्र दिवसमा कबड्डी प्रतियोगिता आयोजना हुँदै

जेष्ठ ७, २०८०

पर्वत : यही जेठ १५ गते मनाइने नेपालको गणतन्त्र दिवसको अवसर पारेर पर्वतमा बिद्यार्थीहरुबीच कबड्डी प्रतियोगिताको आयोजना गरिने भएको छ ।
जिल्ला खेलकुद विकास समिति पर्वतले गणतन्त्र दिवसको अवसर पारेर यहि जेठको १५ र १६ गते जिल्ला स्तरीय छात्र र छात्रा कबड़ी प्रतियोगिता सञ्चालन गर्न लागेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय पर्वतले जानकारी दिएको छ । इकाईले सहभागीहरु छनौट गरी जिल्ला खेलकुद विकास समिति पर्वतमा सहभागीहरुको विवरण उपलब्ध गराउन जिल्लाका सबै विद्यालयहरुलाई अनुरोध गरेको छ ।
खेलका नियमहरुमा सहभागीहरु कक्षा १० सम्म अध्ययनरत भएको हुनुपर्ने, आउँदो जेठ १५ गते सम्म १६ वर्ष ननाघेको हुनुपर्ने, जन्मदर्ताको सक्कल र नक्कल अनिवार्य हुनुपर्ने, प्रत्येक टिममा नौ जना सहभागीहरु हुनुपर्ने, फोटो सहितको फाराम अनिवार्य रुपमा भरेको हुनुपर्ने, २०७९ सालको एसईई परीक्षा दिएका विद्यार्थीले भाग लिन नपाउने, छात्र खेलाडीको तौल ६५ केजी मुनि र छात्रा खेलाडीको तौल ६० केजी मुनी भएको हुनुपर्ने तथा सहभागी हुनको लागि जेठ १३ गते भित्रमा सभागिताको विवरण सहितको सफ्ट कपि पठाइएको हुनुपर्ने भनिएको निमित्त इकाई प्रमुख मनहरी आचार्यले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive