पर्वत : सिवाइसी साकोसद्वारा जिल्लाको मोदी गाउँपालिका–६ थामार्जुङमा ‘वित्तिय साक्षरता तथा सहकारी शिक्षा तालिम’ सहित गाउँटोल समन्वय उप–समिति गठन कार्यक्रम सम्पन्न भएको छ ।
तालिममा सहजीकरण गर्दै सहायक अधिकृत कमल तिवारीले, बचत र यसको महत्व, बचत बढाउने तरिका, ऋण र यसको प्रयोग, ऋणको सदुपयोग, बीमा, व्यक्तिगत बजेटको तयारी र त्यसको महत्व, ब्यक्तिगत वासलातको तयारी लगायत सिवाइसी साकोसको परिचय, संस्थाको परिकल्पना, लक्ष्य, उद्देश्य लगायतको बारेमा सहभागीहरुलाई जानकारी दिएका छन् ।
बाल बचत खाता, नियमित बचत र ऋणको खाताहरु, आयमूलक क्षेत्रमा ऋण लिने तरिका तथा तिनको फाइदा एवं जोखिम, संस्थाको आधुनिक र डिजिटल सेवा सुबिधा, मोबाइल बैंकिङ, ट्याब्लेट बैंकिङ, मिस्डकल बैंकिङ, क्यु.आर. कोड साथै अर्धदैहिक सुविधा, सुत्केरी भेटघाट तथा पोषण सुविधा, आवास सुरक्षा सुविधा, शैक्षिक सुविधा, जेष्ठ नागरिक पेन्सन सुबिधा, एकल महिला पेन्सन सुबिधा, औषधी तथा दुर्घटना राहत सुविधा लगायतका कार्यक्रमहरु संस्थाले कार्यान्वयन गरिरहेको तिवारीको भनाई थियो ।
कार्यक्रममा बोल्दै मोदी गाउँपालिका–६ का वडा सदस्य भीमबहादुर के.सी.ले सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको बित्तिय साक्षरता तथा सहकारी शिक्षा तालिम कार्यक्रम ज्यादै प्रभावकारी रहेकोमा धन्यवाद ज्ञापन गरे । सिवाइसी साकोसको सम्पूर्ण सेवा सुविधाहरु गुणस्तरीय, डिजिटल र आधुनिक, सदस्य मैत्रि रहेकोले सिवाइसी साकोसमा आबद्ध भएर कारोबार गर्न सबैको लागि फाइदाजनक हुने उनको भनाई थियो ।
तालिमकै अवसर पारेर सहभागीहरुबाट गाउँटोल समन्वय उप–समिति पनि निर्माण भएको छ । भेलाले सर्वसम्मत रुपमा भिम बहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति निर्माण गरेको हो । समितिका अन्य सदस्यहरुमा तेज बहादुर खत्री क्षेत्री, लक्ष्मीकुमारी केसी, एकल बहादुर भुवाँजी र पुर्ण बहादुर क्षेत्री रहेका छन् । उपसमितिका पदाधिकारीलाई सेवा केन्द्र संयोजक कुमारी के.सी. ले माइनट बुक हस्तान्तरण समेत गरेकी छिन् ।
संस्थाको पञ्चकोशी सदस्य सेवा केन्द्र डिमुवाककी संयोजक मिना कुमारी के.सी. को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन तथा सहजिकरण सहायक अधिकृत तिवारीले गरेका थिए । कार्यक्रममा थामार्जुन सामुदायिक आमा समुहकी अध्यक्ष भगवती भुवाँजी, थामार्जुन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मान बहादुर थापा, तिलाहार–थामार्जुन सडक निर्माण समिति अध्यक्ष पूर्ण बहादुर के.सी, समाजसेवी टेक बहादुर भुवाँजी, ज्येष्ठ नागरिक जनक बहादुर के.सी लगायतको सहभागिता रहेको थियो । पञ्चकोशी सेवा केन्द्र प्रमख बालकुमारी आचार्यको स्वागतसँगै कार्यक्रम सञ्चालन भएको थियो ।
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025