बुधबार, चैत्र १२, २०८१
Wednesday, March 26, 2025

स्रष्टालाई सम्मान गर्दै पर्वत साहित्य सङ्गम

पर्वत : पर्वत साहित्य सङ्गमले साहित्य क्षेत्रमा बिशेष योगदान पु¥याउँदा आएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्ने भएको छ ।

सङ्गमका निवर्तमान अध्यक्ष तथा यस वर्षको पुरस्कार छनोट समितिका संयोजक राजेन्द्र पहाडीका अनुसार आउँदो जेठ १५ गते पर्वत सदरमुकाम कुश्मा बजारमा साविकको धौलागिरि अञ्चलका चार जिल्लाहरु पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका स्रष्टा, सर्जक तथा साहित्यानुरागीको उपस्थिति हुँदै छ । सोही कार्यक्रममा  पर्वत साहित्य सङ्गममार्फत स्थापित विभिन्न सातवटा पुरस्कारहरु समर्पण गर्न लागिएको हो ।

पर्वत साहित्य सङ्गम पुरस्कारबाट पर्वतका इन्द्रमान खत्री, मान–पदम स्मृति साहित्य पुरस्कारबाट पर्वतका गणेशकुमार जि.सी, गोपी–नन्द स्मृति साहित्य पुरस्कारबाटपर्वत्का टुकनाथ रेग्मी ‘बेलुराम’ पुरस्कृत हुँदै छन् । यस्तै  संस्कृति साहित्य पुरस्कार पर्वतका स्वर्गीय कलाकार मानजी सुरागमलाई मरणेपरान्त प्रदान गरिँदै छ ।

यसैगरी, नमुना शिक्षा तथा साहित्य पुरस्कारबाट बागलुङका यम बहादुर ढुङ्गाना के.सी, कृष्ण–उद्योग साहित्य पुरस्कारबाट म्याग्दीका गणनाथ पौडेल र डिल्ली–राधा साहित्य पुरस्कारबाट मुस्ताङको भूपि स्मृति थाक पुस्तकालय सम्मानित हुँदै छन् ।

‘नेपाली भाषा, साहित्य, कला र संस्कृतिको जगर्ने गरौँ’ भन्ने उदघोषका साथ बि.सं. २०५४ सालमा स्थापना भएको सङ्गमले साहत्यको क्षेत्रमा योगदान दिँदै आएको छ । साहित्यकारलाई गोलबद्ध गर्दै उनीहरुका रचना, कला र प्रस्तुतीलाई उचाई दिनका लागि प्रयास गर्नुका साथै साहित्यकारहरुलाई प्रोत्सहान गर्न सम्मान गर्ने लगायतका कामहरु पनि गर्दै आएको समितिका संयोजक पहाडीले जानकारी दिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

हार्दिक आमन्त्रण ! हार्दिक आमन्त्रण !! हार्दिक आमन्त्रण !!!

=================================

पर्वत साहित्य सङ्गम, कुश्मा पर्वतको आयोजनामा यही जेष्ठ १५ गते बिहान ठीक १०.३० बजे ओरियन्ट होटल, कुश्माको सभाहलमा सम्पन्न हुने ब्यानरअनुसारको कार्यक्रममा यहाँको गरिमामय सहभागिताका लागि सादर आमन्त्रण गरिएको छ । साविक धौलागिरि अञ्चलका चारै जिल्लाका स्रष्टा, सर्जक तथा साहित्यानुरागीको सामिप्यतासहितको स्रष्टा सम्मान तथा पुरस्कार समर्पण कार्यक्रमलाई ओझपूर्ण बनाउने जिम्मेवारी हामी सबैको हो भन्ने हाम्रो विश्वास रहेको छ । उक्त कार्यक्रममा पर्वत साहित्य सङ्गममार्फत स्थापित विभिन्न सातवटा पुरस्कारहरु समर्पण गरिनेछ ।

विनित,

पर्वत साहित्य सङ्गम परिवार

कुश्मा, पर्वत

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive