बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

स्काउट कुश्मा नगरपालिकाको आयोजनामा प्रमुख संरक्षक एवं स्काउट प्रमुख दिक्षित

जेष्ठ ११, २०८०

नेपाल स्काउट स्थानीय स्काउट कार्यालय कुश्मा नगरपालिकाको आयोजनामा स्थानीय प्रमुख संरक्षक एवं स्काउट प्रमुख लाई दिक्षित गरिएको छ भने अग्रज स्काउट लाई सम्मान तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउटको कुश्मा नगर स्तरिय समितिले प्रमुख संरक्षक तथा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र उपप्रमुख स्वस्थानी रिजाल, कुश्मा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत चण्डिका पौडेल र शिक्षा, यूवा तथा खेलकुद शाखाका प्रमुख विष्णुप्रसाद तिवारीलाई दिक्षित गरेको हो ।
यस्तै स्काउट नगर समितिले तत्कालिन जिल्ला कार्यसमितिमा रहेर अमूल्य गर्ने व्याक्तित्व लाई सम्मान गरेको छ । सम्मानित हुनेमा डा. चुडामणी शर्मा, ईन्द्रकुमार विकल्प, पिताम्बर अधिकारी, लेखनाथ उपाध्याय, बैधनाथ शर्मा, हरिनारायण उपाध्याय र विष्णुप्रसाद नेवार रहनुभएको छ । संघीयता अघि जिल्ला स्तरीय समिति रहेकोमा हालै मन्त्रीपरिषदको निर्णय मार्फत सबै ७५३ स्थानीय तहमा स्थानीय स्तरीय स्काउट गठन गर्ने कार्ययोजना अनुसार कुश्मा नगरपालिकामा पनि स्थानीय समिति बनेको छ ।
उक्त समितिले पहिलो कार्यक्रम आज स्काउट प्रमुख लाई दिक्षित तथा अग्रज स्काउट लाई सम्मान एवं अभिमुखिकरण कार्यक्रम गरेको नगर स्तरीय समितिका संयोजक ईन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । नगरपालिका सबै विद्यालयमा स्काउटको कमिटी बनाउने काम लाई अगाडी बढाउन खोजिएको शर्माले जानकारी दिनुभयो । अहिले केहि संस्थागत विद्यालयमा मात्रै स्काउट सक्रिय रहेको छ भने अव सामूदायिक विद्यालयहरुमा पनि समिति गठन गरि यसका असल अभ्यासमा बालबालिका लाई अग्रसर गराउन खोजिएको शर्माले बताउनुभयो । समारोह लाई सम्बोधन गर्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले नगरभरिका बालबालिका तथा युवा वर्गलाई विश्व स्काउटको सिद्धान्त र मान्यता अनुरूपको अभियानमा सहभागी गराउन आव्हान गर्नुभयो ।
बालबालिका लाई स्काउटमा आवद्ध गराएर शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित स्वावलम्बी र चरित्रवान तुल्याई सेवा भावनाको अभिबृद्धि गर्दै देश विकास कार्यमा सहभागी गराउन जिल्ला स्तरीय समितिले काम गर्न जोशीले निर्देशन दिनुभयो । उपप्रमुख स्वस्थानी रिजालले आजका बालबालिका भोलीका कर्णधार रहेकाले बालबालिकामा सच्चरित्रको विकास गर्न जरुरी रहेको बताउनुभयो । बालबालिकामा नैतिकताको एकदमै जरुरत रहेकाले स्काउटले उनीहरुलाई नैतिकताका कुरा बढि मात्रामा सञ्चार गर्न रिजालले अनुरोध गर्नुभयो ।
उक्त कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत चण्डिका पौडेल, शिक्षा प्रमुख विष्णुप्रसाद तिवारी, स्काउटको राष्ट्रिय तदर्थ समितिका सदस्य शिवबहादुर भण्डारी, स्काउटका प्रदेश प्रशिक्षक सागर पौडेल, कुश्मा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक ईश्वर गिरी, शिक्षाका लागि राष्ट्रिय अभियानका केन्द्रीय अध्यक्ष राजेन्द्र पहाडी, दिक्षित मध्येबाट डा. चुडामणी शर्मा, कालिका माविका प्रअ बाबुराम शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । स्काउट नगर स्तरीय समितिका संयोजक ईन्द्रप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य आनन्द पौडेल र स्वागत सदस्य जलन खत्रीले गर्नुभएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive