मङ्लबार, अशोज १५, २०८१
Tuesday, October 1, 2024

पर्वतमा यसरी मनाईँदै छ गणतन्त्र दिवस

पर्वत : जेठ १५ गते मनाउन लागिएको गणतन्त्र दिवसको अवसर पारेर जिल्लाभर बिभिन्न कार्यक्रमहरुको आयोजना गरिने भएको छ । जिल्ला समन्वय समितिको कार्यालयले गणतन्त्र दिवस, २०८० को मूल समारोह समिति बनाएर जिल्लामा भव्यताका साथ दिवस मनाउन लागिएको हो ।
जिल्ला समन्वय समिति पर्वतका समन्वय अधिकारी नेत्रप्रसाद पौडेलका अनुसार जेठ १४ गतेदेखि १६ गतेसम्म सरकारी तथा सार्वजनिक सबै निकायहरूमा राष्ट्रिय झण्डा फहराउने र साँझ दिपावली गर्ने कार्यक्रम रहेको छ । जिल्लाभरका आम नागरिकहरूले आआफ्नो घर एवम् सार्वजनिक स्थलहरूमा तीनै दिन साँझ दिपावली गर्ने छन् ।
गणतन्त्र दिवस २०८० सम्बन्धी सन्देशमूलक सामग्रीहरू छापा तथा विद्यूतीय माध्यमहरूमा प्रकाशन र प्रसारण गर्ने, जेठ १५ गते विहान ७ बजे सरोकारवाला सबैको सहभागितामा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा जम्मा भई कुश्मा बजारमा प्रभातफेरी गर्ने, तत्पश्चात जिल्ला समन्वय समितिको हलमा गणतन्त्र दिवस मूल समारोह आयोजना गर्ने, जेठ १५ गते दिउसो ३ बजे कुश्मा नगरपालिका र मोदी गाउँपालिकाको संयोजनमा सशस्त्र प्रहरी बलको खेल मैदानमा कर्मचारी र निर्वाचित जनप्रतिनिधिहरुकोबीचमा मैत्रीपूर्ण फुटवल प्रतियोगिता आयोजना गर्ने तथा जेठ १६ गते विहान ६ बजे जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा पर्वत कारागारका कैदीबन्दिलाई योग मेडिटेसन सिकाउने र साँझ ५ बजे पर्वत अस्पतालको संयोजनमा कैदी बन्दीहरुका लागि निःशुल्क स्वास्थ्य सिविर आयोजना गर्ने तयारी छ ।
आइतबार बिहान कुश्मा नगरपालिकाको संयोजनमा आम नागरिक तथा संघसंस्थाको सहभागितामा कुश्मा बजारमा सरसफाई गर्ने तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला जिल्ला शाखा पर्वतको संयोजनमा रक्तदान गर्ने कार्यक्रम सम्पन्न गरिसकिएको छ ।
समन्वय समितिले निर्धारित कार्यक्रमहरूमा सक्रिय सहभागिताको लागि जिल्लाभित्र क्रियाशिल सबै राजनीतिक दिल, सहिद परिवारका सदस्यहरू, जनप्रतिनिधि, नागरिक समाज, सरकारी तथा संघसंस्थाका कर्मचारी, बुद्धिजिवी, सुरक्षाकर्मी, पत्रकार महासंघ पर्वत पर्वत उद्योग वाणिज्य संघ, नेपाल किस पर्वत, नेपाल बार पर्वत, गैर सरकारी महासंघ पर्वत तथा आम नेपाली नागरिकमा अनुरोध गरेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive