पर्वत : सरकारसँग बिगतदेखि हुँदै आएका सम्झौताहरुको सम्बोधनहरुको विषयमा छलफल गर्न नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला समिति पर्वतले विद्यालय कर्मचारीहरुबीच छलफल भएको छ ।
जिल्ला अध्यक्ष पदमलाल गौतमले लामो समयदेखि नेपाल सरकारले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको हकहित र उचित तलवमान कायम नगरेको बताए । पटक–पटक विभिन्न सेवा सुविधा सम्वन्धि सम्झौता गरी प्रलोभन देखाई धोका दिँदै आइरहेको विरुद्धमा नेपाल विद्यालय कर्मचारी परिषद्ले विगत लामो समय देखि आवाज उठाइरहेको उनको भनाई छ । गत वर्ष भदौ १२ गते देखि १८ गते सम्म विद्यालय बन्द गर्न बाध्य भएको र आगामी बजेटमा फेरी विद्यालयमा कार्यरत कर्मचारीको माग सम्बोधन नभएमा के गर्ने भन्ने विषयमा वृहद छलफल भएको हो ।
उक्त भेला आईतबार कुश्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालयको प्राङ्गणमा हुने भएको हो ।
बिहिबार, अशोज १७, २०८१
Thursday, October 3, 2024