मङ्ल, फाल्गुन २६, २०८२
Tue, March 10, 2026

नागरिकता बिधेयक प्रमाणीकरण भएपछि यसो भन्छ एनआरएनए

जेष्ठ १९, २०८०

पर्वत : राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता बिधेयक प्रमाणीकरण गरेर नेपाल राजपत्रमा प्रकाशन समेत भइसकेको अवस्थामा नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तर्राष्ट्रिय समन्वय समितिले यसको स्वागत र आलोचना दुबै गरेको छ।
एशोसिएसनका अध्यक्ष माधब मरासिनी र अन्तर्राष्ट्रिय समन्वय समितिका महासचिव दिपेश लामामाद्धारा जारी गरिएको प्रेस बिज्ञप्तीमा एसोसिएशनको आधिकारिक धारणा सार्वजनिक गरिएको छ। जसमा सर्वाधिक राजनीतिक दाउपेच सहित बिबादमा पारिएको र बहुप्रतिक्षित नागरिकता बिधेयक प्रमाणीकरण हुनु सुखद कुरा भएको, बंशजको आधारमा नागरिकता पाउनु पर्ने भए पनि बर्षो देखि नागरिकताबिहिनहरुले नागरिकता पाउनु खुसीको कुरा भएको उल्लेख छ।
तर अंगिकृत नागरिकता सम्बन्धमा बिदेशी बुहारी र ज्वाईँलाई अबिलम्ब नागरिकता प्रदान गर्ने नीति राष्ट्र हितमा छैन भन्ने आफूहरुको ठहर रहेको एशोसिएनसले बताएको छ । विधेयकमा भएका छिद्रको उपयोग गरी नेपाली मूललाइ अल्पमतमा पार्न सक्ने अवस्था सृजना हुनेतर्फ बेलैमा सचेत हुन पनि संस्थाले अनुरोध गरेको छ।
आफ्नो धारणाको पाचौँ बुँदामा बिधेयक अनुसार गैर आवासीय नेपालीलाई प्रदान गरिन लागेको नागरिकता अधिकारबिहिन खालको भएको र संविधानको धारा १४ ले दिएको हक समेत खोसेकोले नन रेसिडेन्ट नेपालीहरु खुसि हुनुपर्ने अवस्था नरहेको भन्दै प्राप्त अधिकारलाई स्वीकार र उपयोग गर्दै थप अधिकार सहितको लागि निरन्तर संघर्ष जारि राख्न सबैमा अनुरोध गरिएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive