बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024

स्व. क्षेत्रीको परिवारलाई आर्थिक सहयोग

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१ पाङको एक परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
पाङका सिन्धाली स्थित धरमकटेरीमा स्थायी रूपमा बसोबास गर्दै आएका ४२ वर्षका पूर्णबहादुर क्षेत्रीको गत वैशाख १२ मा निधन भएपछि स्वर्गीय क्षेत्रीकै परिवारलाई आर्थिक सहयोग गरिएको हो ।
उनको असामायिक निधनले परिवार आर्थिक सङ्कटको चपेटामा परेपछि परिवारले सामाजिक सहयोगमा सक्रिय रहँदै आएको पाङ यूवा क्लबलाई सहयोगका लागि अपिल गरेको थियो । सोही अनुसार परिवारलाई केही राहत होस् भन्न्े उद्धेश्य सहित क्लबले सामाजिक सञ्जालमार्फत सबैसँग आर्थिक सहयोगका लागि अपिल गरेको थियो ।
देशभित्रै रहेका तथा रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपालीहरुबाट सहयोग स्वरुप प्राप्त भएको ३० हजार पाँच सय ४० रुपैयाँ क्ष्स्वर्गीय क्षेत्रीको परिवारलाई हस्तान्तरण गरिएको हो ।
स्वर्गीय क्षेत्रीको आमा र दुई श्रीमती पनि असक्त रहेका छन्। उनका आठ वर्षीया छोरा र एक बर्षिया बर्षकी छोरीको पालन पोषण गर्न अत्यन्तै कठिन भएकोले आफूहरु यो अभियानमा जोडिएको क्ल्बका अध्यक्ष जयराम सुवेदीले बताए । कठिन परिस्थिति भएर पनि स्वेच्छिक रुपमा मानवीय धर्म सम्झीएर सहयोग गरेका सबैप्रति क्लबले धन्यवाद पनि प्रकट गरेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive