मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
spot_img

विश्व वातावरण दिवसमा यसो गरीयो पर्वतमा

पर्वत : ‘प्लाष्टिकजन्य प्रदूषण निर्मुल पारौंः वातावरणमैत्री विकल्कपको उपयोग गरौं।’ भन्ने नारा सहित सदरमुकाम कुश्मा बजारमा विभिन्न कार्यक्रम आयोजना गरी ५० औं विश्व वातावरण दिवस मनाइएको हो। जिल्ला प्रशासन कार्यालय, पर्वतका संयोजनमा कुश्मा नगरपालिका भू तथा जलाधार व्यवस्थापन कार्यालय, डिभिजन वन कार्यालय, पर्वत जेसिज, भडखोरे सामुदायिक वन उपभोक्त समूह खरेहा, कुश्मा नगरपालिका–७ र प्रगती संस्कार बाल क्लबको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा विभिन्न सरकारी कार्यालय, संघ संस्था, सुरक्षा निकाय, वडा नं. ७ स्थित सहनशिल महिला विकास बहुउद्धेश्यीय सहकारी संस्थाका सदस्यहरु, स्थानीय तह तथा वडाका जनप्रतिनिधिहरु कर्मचारी बुद्धिजीवि, समाजसेवी लगायतको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक विष्णुराम वि.क., विशिष्ट अतिथि कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजाल, प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्य सहितको टोलीले खरेहाको शिव मन्दिर तथा पानीको मुलमा जाने सडक किनारमा धुपी, कल्की फुल, रुद्राक्ष, बेलपत्र, गोल्डमोहर, विरेन्द्र फुल, पैयुका विरुवा रोपण कार्यकी शुभारम्भ गरेका थिए ।
कार्यक्रममा सहभागी अतिथिहरुले बिग्रिँदै गएको वातावरण संरक्षणमा सबै जना आआफ्ने क्षेत्रवाट लाग्न सबैमा अनुरोध गरे। वातावरण स्वच्छ, सफा हराभरा बनाउन सके मात्र वातावरण दिवस मनाएको सार्थकता हुने उनीहरुको भनाई थियो ।
कार्यक्रमको सञ्चालन भू तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वतका कार्यालय प्रमुख दिवाकर पौडेलले गगरेका थिए। वृक्षारोपण कार्यक्रम सुरु हुनु अगाडि शिवालय चोकमा जम्मा भएका प्रगति संस्कार बाल क्लवका कलाकार तथा कालीगण्डी एकेडेमी कुश्माकी शिक्षक रश्मी गौतमको समूहले फोहोरमैला व्यवस्थापन एवं वातावरणको संरक्षण सम्बन्धि सडक नाटक प्रदर्शन गरेका थिए। नाटकको प्रदर्शनीपछि दिवसमा सहभागी भएकाहरुले शिवालय चोकदेखि खरेहाको धुपीचोकसम्मको क्षेत्रमा नगर सरसरफाईको कार्यक्रम सञ्चालन गरेका थिए ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive