पर्वत : नेपाल पौडी संघको आयोजनामा काठमाण्डौँ स्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा संचालन भएको प्रतियोगितामा थप चार किर्तिमान कायम भएका छन् ।
गत जेठ २१ र २२ गते भएको ११ औं एन.एस.ए. कप पौडी प्रतियोगितामा एलेक्जेण्डर शाहले ५० मिटर र १०० मिटर फ्रिस्टायलमा दुई किर्तिमान कायम गरेका छन् । १०० मिटर ब्रेस्टस्ट्रोकमा विकाश कुमालले एक मिनेट १०.५९ सेकेण्ड तोड्दै एक मिनेट १०.१४ सेकेण्डमा किर्तिमान कायम गरे । त्यस्तै गरि ४०० मिटर फ्रिस्टायलमा नजिर हुसेनले चार मिनेट १२.२३ सेकेण्डमा सुधार गर्दै चार मिनेट १२.१७ सेकेण्डमा नयाँ किर्तिमान कायम गरेका छन् । खुल्ला पुरुष तर्फ एलेक्जेण्डर शाह र महिला तर्फ गौरिका सिंह र डुवाना लामा संयुक्त रुपमा उत्कृष्ट खेलाडी भएका छन् ।
त्यसै गरि यस प्रतियोगितामा विशेष आकर्षणको रुपमा रहेको ५५ बर्ष माथिको ५० मिटर ब्रेस्टस्ट्रोक क्याटेगोरीमा लक्ष्मण खनालले प्रथम स्थान, बाबुराम श्रेष्ठले द्वितीय स्थान र प्रमोद श्रेष्ठले तृतीय स्थान हासिल गरेका छन् । उक्त प्रतियोगिताको समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग सहभागी भएका थिए ।
नेपाल पौडी संघले एसियाली खेलकुद र विश्व पौडी च्याम्पियनसिपलाई मध्यनजर गर्दै खेलाडी छनौटको लागि एन.एस.ए. कपको आयोजना गरेको हो ।