बुध, फाल्गुन २७, २०८२
Wed, March 11, 2026

सुवेदीलाई गैर आवासिय नेपाली संघ ( NRNA) को प्रश्न, ‘तपाईंको सदस्यता निलम्बन किन नगर्ने?’

असार १०, २०८०

गैर आवासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धि सागर सुबेदीसँग गैर अवासिय नेपाली संघ (NRNA)ले स्पष्टीकरणको माग गरेको छ।

गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का क्षत्रीय संयोजक प्रकाश सापकोटाद्धारा स्पष्टीकरण माग गर्दै जारी गरिएको पत्रमा केही आजीवन सदस्यहरुलाई हटाएको तथा केहीलाई थप गरिएको र त्यो अधिकार विधानमा नरहेको उल्लेख छ।

‘उपरोक्त सम्बन्धमा तपाईंले संस्थाको मर्म, भावना र विधान विपरीत दुराशयको भावना बाट केही आजीवन सदस्यहरूको सदस्यता के कति कारणले, कुन विधानमा रही हटाउने कार्य गर्नु भयो ? अनि फेरी के कति कारणले थप्नु भयो?’ पत्रमा भनिएको छ, ‘आजीवन सदस्य हटाउने र थप्ने कार्य गर्न तपाईंलाई कुन विधानले अधिकार दिएको छ? तपाईंका यस्ता गैर जिम्बेवारी कार्यबाट यो संस्था नै अपमानित हुनु परेको यथार्थलाई मध्य नजर राख्दै तपाई सँग हुँदै नभएको अधिकार प्रयोग गर्नु यो बदनियत साथै दुरुपयोग पनि हो भन्ने कुरामा दुई मत छैन।’ सुवेदीले गरेका काम गैरजिम्मेवार रहेको र त्यस्तो काम गर्ने व्यक्ति संस्थाको सदस्य रहन नसक्ने दाबी पत्रमा गरिएको छ।

‘तसर्थ, तपाईंको एन.आर.एन.ए सदस्यता किन निलम्बन नगर्ने भन्ने बारे तिन दिन भित्र लिखित रुपमा विधान सम्मत स्पष्टीकरण दिनु हुन अनुरोध गर्दछु’, सापकोटाले लेखेका छन्, ‘समय अवधि भित्र चित्त बुझ्दो जवाफ नआए सोही दिनबाट तपाईंको सदस्यता निलम्बन गरी अनुशासन समितिमा पठाइने जानकारी समेत गराउँदछु।’

सुवेदी अध्यक्ष रहेको समितिका सोही संस्थाका उपाध्यक्ष रही अब ( २ ० २ ३ – २ ० २ ५ ) बरिष्ठ उपाध्यक्ष पदमा प्रत्यासी रहेका विकाश उप्रेतीले पनि सुवेदीको सदस्यताको खारेजीको माग गरेका छन्। आफू र चुनावी टीम सहित चुनावी अभियान सम्बन्धि अन्तरक्रिया तथा भेटघाट कार्यक्रम लिएर क्यालिफोर्निया लसएन्जल्समा बोल्दै उप्रेतीले यस्तो माग गरेका हुन्।

भिडियोमा हेर्नुहोस उप्रेतीको भनाई

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive