बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

मरासिनीको समर्थन डा. अर्जुन बन्जाडेलाई

असार ११, २०८०

क्यालिफोर्निया : परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष माधव मरासिनीले गैर आवासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् अमेरिकाको नयाँ अध्यक्षमा डा. अर्जुन बन्जाडेलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ ।

अध्यक्ष मरासिनीले सोमबार सामाजिक सञ्जालमार्फत गैर आवासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् अमेरिकाको चुनाबी दौडमा नयाँ अध्यक्ष पदमा बन्जाडे उभिएको र उनलाई भारी बहुमतले जिताउनु पर्ने बताउनु भएको छ । आफु लामो समय देखि आलोचनात्मक चेत र बैज्ञानिक दृष्टिकोणसहित सामाजिक आन्दोलनमा क्रियाशील रहेको उल्लेख गर्दै उहाँले राम्रो अध्यक्ष चाहिएको हो भने बन्जाडेलाई जिताउनुको विकल्प नरहेको दाबी गर्नुभएको छ ।

बन्जाडे पढाई, चरित्र, सरलपन, पारदर्सी, चुनाबमा कम पैसा खर्च गर्ने, सक्कल लोकतन्त्रवादी भएको भएको दाबी गर्दै अध्यक्ष मरासिनीले यदि विचार को पक्षधरता हो भने बन्जाडे जत्तिको सक्कली लोकतन्त्रबादी र यदि भिजन भएको अध्यक्ष चाहिएको हो भने उहाँ जत्तिको भिजन भएको अरु कोहि छ ? भन्दै प्रश्न समेत गर्नु भएको छ । बन्जाडे सबै कुरामा अब्बल हुनुको साथै गैर आवासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् अमेरिकालाई नयाँ भिजन, मिसन , गति र समानतासहित अगाडी बढाउने भएकाले यस यस पटक गैर आवासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा उनको बिकल्प कोही हुन नसक्ने अध्यक्ष मरासिनीको भनाई रहेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive