पर्वत : आज मनाइएको “लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस” का अवसरमा सचेतनाूमलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद शर्मा, विभिन्न कार्यलयका प्रमुख तथा प्रतिनिधिहरु, जनप्रतिनीधि, विधार्थी, शिक्षक र स्थानियको सहभागिता रहेको थियो ।
कार्यक्रममा लागुऔषध प्रयोगले व्यक्तिमा आउने समस्या, दुब्र्यसन वा कारोबारीहरुलाई सजाय दिलाउनको लागि कानुमा रहेको व्यवस्था, यसको प्रयोगबाट जोगिन सक्ने उपाय लगायतको बारेमा सहभागीहरुलाई जानकारी गराउँदै पर्चाहरु पनि वितरण गरिएको थियो ।
कार्यक्रममा लागुऔषधको दुव्र्यसनमा फसी सुधार भएका युवाहरुले समेत चेतनाको प्रभाव पार्दै आफ्नो अनुभव सहितको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी आचार्यले लागू औषधको कुलतमा कोही नलाग्न अनुरोध गर्दै यसको नियन्त्रणमा सक्रिय रहनु अभिभावक, प्रहरी र प्रशासनको सबैको साझा जिम्मेवारी रहेको बताए ।
लागू औषध दुरुपयोगबारे कुश्मामा कार्यक्रम सम्पन्न
