मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

‘बुहारी ग्रुप अफ नेपाल’ को तेस्रो स्थापना दिवस, बृद्धाश्रममा खाद्यान्न सहयोग

असार १७, २०८०

पर्वत : सामाजिक सेवामा सक्रिय रहँदै आएको ‘बुहारी ग्रुप अफ नेपाल’ को तेस्रो स्थापना दिवस मनाइएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा ‘बुहारी ग्रुप अफ नेपाल’ नाम राखेर बनेको समूहले बिशेषतः आर्थिक समस्याका कारण उपचार गराउन नसकेका बालबालिकाहरुलाई सहयोग गर्दै आइरहेको छ। ‘फेसबुक’ मार्फत अभियान चलाएर सहयोगदाताहरुसँग थोरै थोरै रकम बटुलेर बिरामीलाई दिने गरेको ‘ग्रुप’ ले अभियान सुरु गरेको तेस्रो वर्षको अवसर पारेर स्थापना दिवस मनाएको हो ।
पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजना गरिएको समारोहमा पर्वत सहित छिमेकी जिल्लाहरु बागलुङ र म्याग्दीबाट पनि ‘बुहारी ग्रुप अफ नेपाल’ मा जोडिएका बुहारीहरुको सहभागिता रहेको थियो । ‘जब छ नारीमा शक्ति सारा, तब उनलाई किन भन्ने बिचरा !’ भन्ने नारा सहित समाजिक सेवामा लागेको अभियानको स्थापना दिवसको अवसरमा समूहिक भेटघाट, समूहले गर्दै आइरहेको समीक्षाको बारेमा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा बोल्दै ‘बुहारी ग्रुप अफ नेपाल’ की संयोजक लक्ष्मी तिवारीले समूहकातर्फबाट अहिलेसम्म करिब छ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताइन् । घरका काममा मात्रै सिमित रहने बुहारीहरुले थालेको अभियानमा देशभित्र र बाहिर रहेका सबै बुहारीहरु जोडिएर सक्दो सहयोग गरेर कसैको ज्यान बचाउने निस्वार्थ सेवामा लागेकोमा उनले सबैलाई धन्यवाद ज्ञापन गरिन् । अर्को प्रसङ्गमा उनले कतिपयले आफूहरूले गरिरहेको आर्थिक सहयोगको काम गैर कानुनी रहेको बताउँदै हतोत्साहित पार्ने प्रयास हुने गरेकोमा आजभोलि भने केही सुधार आएको बताइन ्। तर आफूहरू ती कुरा आउन नदिनको लागि समूहलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर समूहकै नाममा खाता खोलेर कानुनी रूपमा पनि पाको बन्ने तयारीमा रहेको उनको भनाई छ ।
सोही अवसरमा बोल्दै ‘बुहारी ग्रुप अफ नेपाल’ की सदस्य तथा पत्रकार माया अधिकारीले बुहारीहरुले थालेको निस्वार्थ सेवा भावको पवित्र कार्यमा आफू पनि जोडिन पाएकोमा खुसी व्यक्त गरीन । आफ्नै उपचारको लागि कसैको भर पर्नु अवस्था रहँदै आएको भए पनि एक दिनको खाजा खर्च जोगाउँदै अरुलाई सहयोग गर्दा प्राप्त हुने आत्मसन्तुष्टीमा जोडिन उनको अनुरोध छ ।
समूहकी मोडरेटर गिता घिमिरेले स्वागत मन्त्ब्य राखेको कार्यक्रमको सञ्चालन अर्की मोडरेटर पूजा कार्कीले गरेकी थिईन् । उक्त कार्यक्रम संयोजक तिवारीकै अध्यक्षतामा भएको थियो ।
समूहको स्थापना दिनको अवसर पारेर बुहारीहरुको समूहले कुश्मा नगरपालिका–५ मोदीबेणी धाममा रहेको बृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरुलाई खाद्यान्न सहयोग गर्ने काम पनि भएको छ । सहयोग र चन्दाको भरमा चल्दै आएको बृद्धाश्रममा रहेका बुबाआमाहरुको बसाई र दैनिकीलाई सहज बनाउने उद्धेश्य खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
नेपालका ७७ ओटै जिल्लाहरू सहित प्रवासी बुहारीहरू पनि यो समूहमा जोडिएका छन् । नेपालमा कुनै समस्या परेको खबर हाल्दासाथ प्रवासी बुहारीहरूले पनि चासोका साथ लिने गरेका छन् । संयोजक तिवारीको नेतृत्वमा रहेको समूहमा ‘मोडरेटर’ का रूपमा शैलजा तिवारी, रिया आचार्य, सरीष्मा तिमिल्सीना, पूजा कार्की शर्मा, बिनु अधिकारी र गीता घिमिरे रहेका छन् । सहयोग संकलनको अभियान थाल्ने र सम्बन्धित व्यक्तिसम्म पुगेर सहयोग हस्तान्तरण गर्ने गरेका छन् ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive